back
NMB ad

रत्ननगरका मुसहरका लागि ‘नमूना गाउँ बनाउदै रोटरियनहरु

Kumari bank ad

रत्ननगर, चितवन । चितवनको रत्ननगर नगरपालिका –७ की वैशाखी माझी (मुसहर) चिसो मौसममा सानो झुप्रो अगाडि जाडो छल्न बिहानीको पार ताप्दै थिईन् ।

बाँसका कुहिन लागेका भाटा तेस्र्याएर त्यसमाथि च्यातिएको त्रिपाल बेरेको घर उनको हो । राति शीत पनि चुहिन्छ । भित्र एकजना मात्रै बल्लतल्ल बस्न सकिएला । आगो फुक्यो भने ज्वालो सोझै त्रिपाल छेडेर निस्कनेखालको छ । यस्तो कष्टकर जीवन बित्दैछ वैशाखीको ।

यहाँका दुई दर्जन बढी मुसहर परिवारको दैनिकी यस्तैयस्तै छ । त्यसमध्येको एक वैशाखीजस्ता धेरैको जीवन अत्यन्तै कष्टकर छ । राम्रो घर नभएको र कोठा पनि नभएकाले परिवारमा सासु, ससुरा छोरी, बुहारी, छोरा सबै एकै स्थानमा सुत्नुपर्ने बाध्यता छ ।

यसरी कष्टकर जीवन गुजार्ने उनीहरुका लागि भने अहिले ‘नमूना बस्ती’ बन्ने खबरले मुसहरहरु फुरुङ्ग छन् । “घर बन्छ रे अब हाम्लाई, वैशाखीले खिस्स हाँस्दै भनिन्, बनेपछि नयाँ घरमा बस्ने ।”

ती मुसहरलाई चितवनका विभिन्न छवटा रोटरी क्लबको अगुवाइमा नयाँ घर बन्न लागेको छ । यहाँको रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ गैँडाकोटले ‘रोटरी मुसहर नमूना गाउँ’ बनाउन शुरु गरेको हो ।

नमूना बस्ती चार महिनामा पूरा गर्ने योजना रहेको रोटरी इन्टरनेशनल जोन २० का सहायक गभर्नर तथा कार्यक्रम संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

मुख्यगरी शुरुमा अति कष्टकर जीवन गुजार्दै आएका १२ परिवारका लागि घर निर्माण हुन लागेको छ । त्यसपछि छवटा घर थपेर १८ घर निर्माण गर्ने योजना रहेको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिए ।

यस्तो बन्छ घर

एउटा घरमा भान्सा कोठासहित तीनवटा कोठा हुन्छन् । शौचालय एउटा छ । बाल उद्यान, सामुदायिक भवनसमेत निर्माण गरिनेछ । नमूना बस्ती बनाउने योजनासहित काम थालिएको रोटरियन पूर्ण रिजालले बताए ।

यसका लागि प्रतिघर रु तीन लाख लाग्ने अनुमान गरिएको छ । घर निर्माणको खर्च विभिन्न रोटरी क्लब र रोटरियनबाट प्राप्त भएको छ । मुख्यगरी कूल लागतको ५० प्रतिशत रकम हस्तबहादुर भट्ट प्रतिष्ठानले व्यहोर्ने छ ।

अन्यमा इन्टरनेशनल ३२९२ बाट रु दुई लाख, पूर्व सांसद उमेश श्रेष्ठबाट रु तीन लाख, रोटरी क्लब अफ काठमाडौँ मेट्रोबाट रु दुई लाख, आयोजक छ वटा रोटरी क्लबबाट रु एक–एक लाख, प्रकाश अर्यालको अग्रसरतामा रु तीन लाख, एनआरएनए जापानका विष्णु भट्टराईबाट रु एक लाख आठ हजार सहयोग प्राप्त भएको छ ।

चितवनको सौराहा नजिकै रत्ननगर–७ को मालपुरमा २६ जना मुसहरको नाममा खरिद भएको १५ कट्ठा सात धुर जग्गामा उक्त नमूना बस्ती बनाउन लागिएको हो ।

यी बनेका घरमा जीवन मुसह, विगवा, राजु, भदै मुसहर, सुखारी, कार्की, तेजबहादुर, रुपलाल, पतिराम, लक्ष्मण र बलराम मुसहर बसोबास गर्ने जनाइएको छ । – नारायण ढुंगाना रासस

२०७४ माघ १२ गते प्रकाशित

वि.सं.२०७४ माघ १२ शुक्रवार १५:३७ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...