back
NMB ad

एनआरएनए जापानको विवाद र धम्कीपूर्ण विज्ञप्ति विश्वभर भाइरल (पत्रसहित)

Kumari bank ad

काठमाडौं । आफ्नै माताहतको क्षेत्रिय कमिटीले न्याय माग्दा एनआरएनए जापानले धम्कीपूर्ण भाषाको प्रेस विज्ञप्ति जारी गरेपछि विवाद छताछुल्ल पोखिएको छ ।

एनआरएनए नागोया क्षेत्रिय कमिटीले अधिवेशनका बेला भएको विवादलाई न्याय दिन माग गर्दै बैठद्वारा निर्णय गरी राष्ट्रिय कमिटी समक्ष माग गरेको थियो । सो विषयलाई लिएर राष्ट्रिय समितिका अध्यक्ष र महासचिवले आफ्नै माताहतको कमिटीलाई निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ ।

राष्ट्रिय कमिटीको विज्ञप्तिले विवाद सुल्झाउन भन्दा पनि बढाउन मद्दत गरेको भन्दै जापानमा बस्ने गैर आवासिय नेपालीहरुले चिन्ता प्रकट गरेका छन् ।

विज्ञप्तिमा प्रयोग गरिएका भाषा तल्लो कमिटीका पदाधिकारीलाई निर्देशनात्मक भन्दा पनि धम्किपूर्ण रहेको अधिकांश नागोया क्षेत्रिय समितिका सदस्यहरुको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ ‘क्षेत्रिय कमिटीले अधिवेशनका बेला भएका विषयवस्तुलाई लिएर गरेको निर्णय प्रति एनसिसी जापानको गम्भीर ध्यानाकर्षण भएको’ र ‘आफ्नै संस्थाको शरीर र खुट्टा विच्छेदन गराउन उत्प्रेरित गराइएको’ आरोप लगाउँदै ‘उक्त कार्यको घोर भ्रत्सना गर्दछ’ उल्लेख गरिएको छ ।

यतिबेला राष्ट्रिय कमिटीद्वारा जारी विज्ञप्तिलाई सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनाइएको छ । जापानमा देखिएको विवाद विश्वभरका विभिन्न राष्ट्रमा वसोबास गर्ने एनआरएनएका बीचमा भाइरल बनेको छ ।

हेर्नुहोस विज्ञप्तिको पूर्ण पाठ

 

२०७४ माघ १२ गते प्रकाशित

वि.सं.२०७४ माघ १२ शुक्रवार २३:१० मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...