back
NMB ad

नेपाल एकिकरणको झल्को दिन ‘नेपाल महोत्सव’ हुँदै

Kumari bank ad

काठमाडौँ । नेपाल राज्य विस्तारको अढाइ सय वर्ष पुगेका अवसरमा नागरिकस्तरबाट यस वर्षभरि ‘नेपाल महोत्सव’ हुने भएको छ ।

यही माघ १६ गते शहीद दिवसदेखि थालनी भई विभिन्न कार्यक्रमसहित महोत्सव मनाउन नेपाल सरकारका पूर्वमुख्यसचिव दामोदर गौतमको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । ‘नेपाल राज्यको चतुर्थांश सहस्राब्दी’ नाम रहने महोत्सवअन्तर्गत शहीद दिवसमा माइतीघर मण्डलमा ज्ञातअज्ञात शहीदको सम्झनामा दीप प्रज्ज्वलन गरी उद्घाटन हुनेछ ।

विश्वकै इतिहासमा यति लामो समयको राज्यको इतिहास भएका २१ मुलुकमध्ये नेपाल पनि रहेका सन्दर्भमा राज्य एकीकरणको गरिमा र महत्वलाई विश्वभर थप फैलाउन सो महोत्सव गर्न लागिएको आयोजक समितिमा आबद्ध राजनीतिक विश्लेषक आनन्द आदित्यले जानकारी दिए ।

उनले राष्ट्रनायक पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण अभियानलाई विवादमा ल्याउने प्रयास भए पनि पछिल्लो समयमा सबैले एकीकरण अभियान व्यक्तिविशेषको नभई त्यसबेलाका अगुवा, जनता र सेनाको रगत, पसिना र आँशु मिलेर नेपाल राज्य बनेको बताए । सोही दिन त्रिभुवन विश्वविद्यालयमा इतिहास र सम्पदासम्बन्धी कार्यशाला हुनेछ । महोत्सवका लागि डा विनोद भट्ट, शशि खड्का र सरोज खनाल रहेको सचिवालय बनेको छ, जसले साप नेपालमा रही काम गर्नेछ ।

प्रकृति–मानव केन्द्रित जनआन्दोलन नेपाल (जनसार्क) शाखाका अध्यक्षमण्डलका सदस्य दीनदया रिजालले आफ्नो संस्था शान्ति, एकता र वातावरणमैत्री रुपमा उक्त महोत्सव सफल बनाउन लागिपर्ने बताए । रासस

 

२०७४ माघ १३ गते प्रकाशित 

वि.सं.२०७४ माघ १३ शनिवार १४:०६ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...