back
NMB ad

पूर्व राष्ट्रपतिले नै तिरेनन् घरभाडा, घरबेटीले दिए सात दिनको अल्टिमेटम

Kumari bank ad

काठमाण्डौं । घरबेटी रविभक्त बिष्टले चार महिना पूरा हुँदासम्म भाडा नपाएपछि आफ्नो घरबाट पूर्वराष्ट्रपति रामवरण यादवलाई अन्यत्र सारिदिन माग गर्दै सरकारसमक्ष लिखित निवेदन दिएका छन्।

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकै दिन राष्ट्रपति कार्यालयका अधिकारीहरूले कात्तिक ११ मा ललितपुरको बागडोलस्थित बिष्टको घर भाडामा लिई निवर्तमान राष्ट्राध्यक्ष यादवलाई ‘सरकारी निवास’ उपलब्ध गराएका थिए। राष्ट्रपति कार्यालयको अधिकारीले घरबेटीसित मौखिक सहमतिमा मासिक १ लाख ३० हजार रुपैयाँ भाडा ९कर, बिजुली र पानीको महसुलबाहेक० भाडा बुझाउने लिखित पत्रसमेत दिएका छन्। पत्रमा राष्ट्रपति कार्यालयका सहसचिव शंकरप्रसाद सुवेदीको हस्ताक्षर छ।

लामो समयसम्म राष्ट्रपति कार्यालय र सरकारका तर्फबाट घरभाडा नपाएको र घरभाडासम्बन्धी सम्झौता पनि नभएपछि घरबेटी बिष्टले तीन महिनाभित्र घर खाली गराइदिन माग गर्दै गत माघ ७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निवेदन दिएका हुन्।

बिष्टले उक्त व्यहोराको पत्र माघ ११ मा राष्ट्रपति कार्यालयलाई समेत दिइएका छन्। सरकारले उपलब्ध गराएको निवासबाट यादवलाई हटाइदिन माग गर्दै प्रधानमन्त्री कार्यालयमा दिइएको पत्रको बोधार्थ यादवलाई समेत दिइएको छ।

निवेदनमा सात दिनभित्र सम्झौता गरी पूरै भाडा तिर्न र नतिरेमा तीन महिनाभित्र आफ्नो घर खाली गराइदिन माग गरिएको छ।

कान्तिपुर दैनिक, १९ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन १९ बुधवार १०:१७ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...