back
NMB ad

को बन्यो एभरेष्ट होटलको सेयर मालिक ? सर्वोच्चको फैसला यस्तो….

Kumari bank ad

काठमाडौ । सर्वोच्च अदालतले एभरेष्ट होटलको सेयर विवादको पारिवारिक मुद्दामा सञ्चालक मशकुर अहमद लारी र नज्मा अहमद लारीको पक्षमा फैसला सुनाएको छ । फैसलासँगै एभरेष्टका अर्का संस्थापक मकबुल अहमद लारीका छोरा मुजफ्फर अहमद लारीले सेयरमा हिस्सा नपाउने भएका छन् ।

भूकम्प पछि बन्द अवस्थामा रहेको पाँच तारे होटल एभरेष्टको सेयर विवादलाई सर्वोच्चले निर्णयमा पुर्याएको हो । प्रधानन्यायाधीस गोपालप्रसाद पराजुली र न्यायाधीस पुरुषोत्तम भण्डारीको आइतबारको इजलासले एभरेष्टको सेयरमा कायम पारिवारिक विवादलाई टुंगो लगाएको हो ।

भूकम्पका कारण होटल बन्द भए पछि मकबुलका छोरा मुजफ्फर अहमद लारी र मकबुलका भतिज मसकुर अहमद लारीका बिचमा होटलको सेयर स्वामित्वको विवाद चर्किएको थियो । होटलका संस्थापक मकबुलको भारतको लखनउ बसाईका क्रममा निधन भएको थियो ।

सन् १९८१ देखि मकबुल अहमद लारीले झण्डै साढे तीन करोड रुपैयाँको पुँजीमा एभरेष्ट होटल सुरु गरेका थिए । उनले होटेलको आधा स्वामित्व आफ्नै भतिज मसकुर अहमद लारीको नाममा हस्तान्तरण गरी व्यवस्थापनको जिम्मा दिएका थिए ।

उनले होटलमा आफ्ना छोरालाई प्रवेश नगराई भतिजालाई भित्र्याएका थिए । उनको निधनसँगै छोरा तथा श्रीमती र भतिजाको बिचमा होटलको स्वामित्व विवाद चुलिएको थियो । अदालतले मकबुलका भतिजको पक्षमा फैसला गरेको हो ।

२०७४ माघ २२ गते प्रकाशित

वि.सं.२०७४ माघ २२ सोमवार २०:०१ मा प्रकाशित

You can share this post!

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...