back
NMB ad

शिवश्रीको १४ करोड ७६ लाखको आइपिओ आउँदै, कहिले र कस्ले गर्ने आवेदन ?

Kumari bank ad

काठमाडौ । शिवश्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लावासीलाई १० प्रतिशत शेयर निष्कासनको तयारी गरेको छ ।

 

कम्पनीले पहिलो चरणमा रु १४ करोड ७६ लाख ४० हजार बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर जारी गर्ने तयारी गरिएको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई रु २० करोड बराबरको साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर दिनुपर्ने कानूनी प्रबन्धका कारण कम्पनीले दुवै समूहलाई शेयर दिन लागेको हो ।

कम्पनीले साधारण शेयर जारी गर्नका लागि यसअघि नै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

यस्तै कम्पनीले आगामी तीन महिनाभित्र २२ मेगावाट क्षमताको माथिल्लो चाकुखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्ने छ । कम्पनीका प्रमुख उमेश कसजुका अनुसार हाल आयोजनाको ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको लागत रु चार अर्ब तीन करोड छ ।

२०७४ माघ २९ गते प्रकाशित

वि.सं.२०७४ माघ २९ सोमवार १५:५० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...