back
NMB ad

२५ मेगावाटको आयोजनामा सवा ५ अर्ब लगानी, ३० प्रतिशत आइपिओ, साढे तिन अर्ब बैङ्कको ऋण

Kumari bank ad

काठमाडौ । विभिन्न बैङ्क तथा स्थानिय र सर्वसाधरणको लगानीमा म्याग्दीमा २५ मेगावाटको दरवाङ्ग म्याग्दि जलविद्युत आयोजना निर्माण हुने भएको छ । म्याग्दि खोलामा निर्माण हुने आयोजनामा लगानीको लागि चार वाणिज्य बैंक र दुई विकास बैंकले फाल्गुण २ गते जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता गरेका छन् ।

११ वर्षअगाडी स्थापना भएको धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दि खोलामा २५ मेगावाटको जलविद्युत परियोजना आगामि साढे तिन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोे छ ।

आयोजनामा ३ अर्ब ५० करोडको ऋण लगानी गर्न सानिमा बैंक, प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकाश बैंक र महालक्ष्मी विकाश बैंक तयार भएका हुन ।

५ अर्ब १४ करोडको उक्त परियोजनामा बाँकी कम्पनी आफैले लगानी गर्ने र निर्माण अवधिमा नै लगानीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरिने कम्पनीले जनाएको छ ।

स्थानिय दरवाङ्ग क्षेत्रका साथै म्याग्दि जिल्ला हुदै समग्र राष्ट्र विकाशमा योगदान दिंदै समयमा परियोजना सम्पन्न गरि लगानिकर्ताहरुलाई उचित प्रतिफल दिने कम्पनीको लक्ष्य रहेको छ ।

२०७४ फागुन २ गते प्रकाशित

वि.सं.२०७४ फागुन २ बुधवार २१:१२ मा प्रकाशित

You can share this post!

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...