back
NMB ad

तनहुँ एक महिनादेखि प्रजिअविहीन हुँदा समस्या

Kumari bank ad

तनहुँ । तनहुँ जिल्ला एक महिनादेखि प्रमुख जिल्ला अधिकारीविहीन बनेको छ । तत्कालीन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौँतर्फ लागेपछि तनहुँ जिल्ला प्रजिअविहीन भएको हो ।

प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध र हातहतियार खरखजाना, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने कार्य प्रभावित हुँदै आएको बताइएको छ । यतिबेला निमित्त प्रजिअको भरमा जिल्ला प्रशासन कार्य सञ्चालन हुँदै आएको छ । सहायक प्रजिअ तुलसीराम पौडेलले निमित्तका रुपमा गर्ने सबै काम आफूले गरिरहेको बताए ।

केही सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्न भने समस्या परेको बताइएको छ । सेवाग्राहीका कुनै पनि काम नरोकिएको दाबी सहायक प्रजिअ पौडेलले गरे । निमित्तले गर्न मिल्ने जति सबै काम आफूले गरिरहेको उनले बताए । नयाँ प्रजिअका रुपमा कहाँबाट को आउने हो भन्नेमा जिल्ला प्रशासन कार्यालयसमेत अनभिज्ञता प्रकट गरिरहेको छ । आर्थिक क्षेत्रको कारोबार र राहतका कार्यक्रम नरोकिएको सहायक प्रजिअ पौडेलले बताए ।

केही वर्षअघि प्रजिअ नहुँदा भूपू सैनिकको सिफारिश रोकिँदै आएको थियो । पछिल्ला वर्षमा पेन्सन क्याम्पसँग समन्वय गरी त्यस्ता सिफारिशहरु प्रजिअ नहुँदा निमित्त प्रजिअले समेत गर्नसक्ने व्यवस्था मिलाएकाले यसपटक त्यस्तो समस्या नरहेको दाबी सहायक प्रजिअ पौडेलको छ । तनहुँ जस्तो जिल्लालाई एक महिनादेखि प्रजिअविहीन बनाएर राख्नु राज्यको गैरजिम्मेवारीपन भएको तनहुँवासी बताउँछन् ।

२०७४ फागुन ३ गते प्रकाशित

वि.सं.२०७४ फागुन ३ बिहीवार ०८:४८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...