back
NMB ad

सेयर बजारमा चार अर्ब ६४ करोड बराबरको हकप्रद बिक्रीमा, कुन कम्पनीको कती?

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैङ्कले तोकेको चुक्ता पुँजी पुर्याउनको लागि पछिल्लो समय बैङ्क तथा वित्तिय संस्थाहरुलाई हम्मे हम्मे परेको छ । प्राय बैङ्क तथा वित्तिय संस्थाहरुले चुक्ता पुँजी पु¥याउनको लागि हकप्रद तथा बोनसलाई सजिलो बाटो ठानेका छन् ।

सेयर बजारमा यतीबेला विभिन्न कम्पनीको ठुलो मात्रामा हकप्रद निष्कासन भएका छन् । सुरु सुरुमा निष्कासित हकप्रद बिक्री भएपनी पछिल्लो समय निष्कासनमा आएका हकप्रद बिक्री नहुँदा म्याद थप्न बाध्य बनेका छन् वित्तिय संस्थाहरु ।

अहिले सेयर बजारमा प्रभु बैंक सहित नौ कम्पनीका चार अर्ब ६४ करोड एक लाख २९ हजार १७८ रुपैयाँ बराबरको चार करोड ६४ लाख एक हजार १२९ दशमलव ७८ कित्ता हकप्रद सेयर बिक्रीमा रहेका छन् ।

दिनानुदिन घटिरहेको दास्रो बजारको असरको प्रमुख कारकतत्व पनी ठुलो परिमाणको हकप्रद रहेको लगानीकर्ताहरुको भनाई छ । दोस्रो बजारमा लगानी हुने रकम हकप्रदमा खर्च भएकाले लगानी घटेको उनिहरुको भनाई छ । मागभन्दा सेयरको आपूर्ति अत्याधिक हुँदा लगानीकर्ताले भएको रकम हकप्रदमै खर्च गर्नुपरेको छ । पूँजी पुर्याउने क्रममा रहेका धेरै कम्पनीको हकप्रद धितोपत्रको बोर्डको पाइपलाइनमा रहेको छ ।

कर्णाली डेभलपमेन्ट र लुम्बिनी विकास बैंकको फागुन १६ गते, कामना सेवा विकास बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सको फागुन २० गते र नेको इन्स्योरेन्सको हकप्रद लगानीकर्ताले चैत १ गतेभित्र भरिसक्नुपर्नेछ ।

पोखरा फाइनान्सको हकप्रद भर्ने म्याद सकिसकेको छ । ग्रिन डेभलपमेन्ट बैंकले १५ दिन समय थपेको छ । सेन्ट्रल फाइनान्सको आज अन्तिम दिन परेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी वृद्धि गर्दा फोर्स मर्जरमा लैजान नसक्दा र प्राय धेरै कम्पनीले पूँजी कायम गर्ने औजार हकप्रदलाई नै बनाउँदा अहिलेको अवस्था सिर्जना भएको हो ।

२०७४ फागुन १३ गते प्रकाशित

वि.सं.२०७४ फागुन १३ आइतवार ०९:२४ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...