back
NMB ad

माछा पालेरै वर्षमा ४० लाखि आम्दानी

Kumari bank ad

दाङ । लमही नगरपालिका वडा नं ५ टिकुलीगढका अम्मरबहादुर तामाङले व्यावसायिक माछापालन गरेर वर्षमा ४० लाख आम्दानी गरेका छन् ।

उनले आठ बिघा जग्गामा आठ वटा पोखरी निर्माण गरी माछापालन गरिरहेका छन् । विगत आठ वर्षदेखि व्यावसायिक रुपमा माछापालन गर्दै आएका तामाङ अहिले माछा र माछाको भुरा उत्पादन गरेर वार्षिक रु ४० लाख आम्दानी गर्छन् । तामाङले अहिले स्थानीय सातजनालाई रोजगारीसमेत दिएका छन् ।

माछापालनबाट अहिले वार्षिक रुपमा रु ४० लाख आम्दानी भए पनि सबै खर्च कटाएर वार्षिक रु २० लाख मात्र बचत हुने गरेको तामाङले बताए ।

शुरुमा धान, गहुँ राम्रोसँग उत्पादन हुने जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा उनलाई गाह्रो भने नभएको होइन । गाउँ, समाज र घर परिवारबाट खेतीयोग्य जमिनलाई खनेर खाल्टो पार्दा बौलाउन थालेछ भन्नेहरु अहिले आफ्नो प्रशंसक भएको उनको भनाइ छ ।

यो वर्ष मात्रै २०० क्विन्टल भन्दा बढी माछा बिक्री भएको तामाङले बताए । त्यहाँ उत्पादन भएका माछा जिल्लाका विभिन्न बजारमा बिक्रीका लागि लैजाने गरिन्छ । प्रतिकेजी रु २२० देखि २५० सम्मका दरले माछा बिक्री हुने गरेको उनी बताउँछन् ।

२०७४ फागुन १३ गते प्रकाशित

वि.सं.२०७४ फागुन १३ आइतवार १५:४२ मा प्रकाशित

You can share this post!

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...