back
NMB ad

इलाम बजार स्थापना भएको २०० वर्ष पग्यो, यस्तो छ नयाँ वर्षमा २००औं बार्षिकोत्सव मनाउने तयारी

Kumari bank ad

इलाम । इलाम बजार स्थापना भएको दुई शताब्दी पुगेको छ । यस अवसरमा आगामी नयाँ वर्षमा २०० औँ वर्षगाँठ भव्यरूपमा मनाइने भएको छ ।

विसं २०७५ सालमा हालको सदरमुकाम इलाम बजार स्थापना भएको २०० वर्ष पुग्दैछ । भारतसँगको सुगौली सन्धिपछि नगरीगढी (हाल भारत) बाट फर्किएको श्रीनाथ पल्टन इलामको माइस्थानमा आएर बसेपछि इलाम बजार स्थापना भएको थियो । सुगौली सन्धिपछि नेपाल पक्षले जितेको भूभाग छाड्दै आउने क्रममा विसं १८७५ मा इलामको नारायणस्थानमा आएर बसेको थियो । त्यसैलाई आधार मानेर हालको सदरमुकाम स्थापना भएको २०० औँ बार्षिकोत्सव मनाउन लागिएको हो ।

वर्षगाँठको अवसरमा २०७५ साल वैशाख १ गतेदेखि तीन दिनसम्म विशेष कार्यक्रम आयोजना गरेर भव्यताका साथ वर्षगाँठ मनाउने निर्णय भएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । ‘हाम्रो इलाम, हाम्रो गौरव’ भन्ने मूलनाराका साथ वर्षगाँठ मनाउन लागिएको हो ।

वर्षगाँठ समारोहको उद्घाटन राष्ट्रपतिबाट गराइने तयारी गरिएको समेत नगरप्रमुख बस्नेतले जानकारी दिए । सो अवसरमा २०० वर्ष पुगेको झल्को दिने प्रतीकसहितको स्तम्भ राख्ने, इलामका बारेमा जानकारी दिन विचार गोष्ठी, साहित्य सम्मेलन, सांस्कृतिक कार्यक्रम, इलामको विकासमा योगदान पु¥याउने विशिष्ठ व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम तय भएको इलाम नगरपालिकाले जनाएको छ । बार्षिकोत्सव मनाउन नवराज शंकरको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन तथा संयोजन समितिसमेत गठन भइसकेको छ ।

२०७४ फागुन १५ गते प्रकाशित

वि.सं.२०७४ फागुन १५ मंगलवार ०९:३० मा प्रकाशित

You can share this post!

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...