back
NMB ad

अष्ट्रेलियाली प्रधानमन्त्रीले लेखे विद्यालयका प्राचार्यहरुलाई यस्तो भावुक पत्र

Kumari bank ad

क्यानबेरा । अष्ट्रेलियाली प्रधानमन्त्री मालकोम टर्नबुलले अष्ट्रेलियाका सबै विद्यालयका प्राचार्यहरुलाई विद्यालयका छात्रछात्राहरुलाई शिक्षणका क्रममा कुनै पनि धम्कीपुर्ण कारबाही नगर्न आग्रह गरेका छन् ।

उनले देशका सबै विद्यालयका प्राचार्यहरुलाई व्यक्तिगत रुपमा नै पत्र लेखेर यस्तो आग्रह गरेको अष्ट्रेलियाली प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।

प्रधानमन्त्री टर्नबुलले कुनै पनि विद्यार्थीमाथि यस्ता कुनै क्रियाकलापहरु नगर्न आग्रहगर्दै उनीहरुमाथि भइरहेका धाकधम्कीपूर्ण कारबाहीका विरुद्धमा सघाउन पनि आग्रह गरेको समाचारमा जनाइएको छ ।

यस्तै कारबाहीका कारण यहाँका एकजना १४ वर्षीय विद्यार्थीले आत्महत्या गरेको समाचार हालैमात्र सार्वजनिक भएको थियो ।

उक्त आत्महत्याका कारण आफू निकै स्तब्ध भएको भन्दै उनले अब देशले साना बालबालिकामाथि गर्ने यस्ता कारबाहीका विरुद्धमा कार्यक्रम नै सञ्चालन गर्ने जनाएका छन् ।

उनले विद्यालयका प्राचार्यहरुलाई लेखेको पत्रमा आगामी मार्च १६ मा विद्यालयमा हुने यस्ता धाकधम्कीपूर्ण कारबाहीविरुद्धको दिवस मनाउने तयारी सरकारले गरेको भन्दै यसमा सघाउन पनि उनले आग्रह गरेका छन् ।

गत जनवरीमा १४ वर्षीय एभरेट नामका विद्यार्थीले आत्महत्या गरेका थिए । सो घटनाले देशभर नै यस्ता क्रियाकलापहरुका विरुद्धमा सरकारले विशेष कदम चाल्नुपर्ने दबाब उत्पन्न भएको थियो ।

प्रधानमन्त्री टर्नबुलले प्राचार्यलाई लेख्नुभएको सो पत्रमा बालबालिकालाई शिक्षणका लागि अपनाउनुपर्ने अन्य विभिन्न सिर्जनात्मक विधिहरु पनि सुझाएका छन् ।

बालबालिकालाई धाकधम्कीपूर्ण कारबाहीका विरुद्धमा सबै विद्यालय र शिक्षकलाई यी विधिहरु अपनाउन भनिएको छ ।

आगामी मार्च १६ मा मनाउन लागिएको सो दिवसमा सहभागिताका लागि देशभरिका दुई हजार ३०० विद्यालयका करिब दश लाख बालबालिकाले सहमति जनाएका बताइएको छ ।

यस्ता क्रियाकलापहरुबाट विद्यालयलाई कसरी मुक्तगर्ने भन्ने विषयमा उक्त दिन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जानकारी पनि दिइएको छ ।

यस्ता क्रियाकलापहरुविरुद्धको विश्व निर्माणमा उक्त दिवसले सहयोग पु¥याउने अपेक्षा अष्ट्रेलियाली सरकारले गरेको बताइएको छ ।

२०७४ फागुन १७ गते प्रकाशित

वि.सं.२०७४ फागुन १७ बिहीवार २२:१७ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...