back
NMB ad

दुई सय बढीको सहभागिता युवा कृषि सम्मेलन हुने, सहभागिताकोलागि आवेदन खुल्यो

Kumari bank ad

काठमाडौं । फोर एच नेपालको आयोजनामा चैत्र महिनामा दोस्रो युवा कृषि उद्यम सम्मेलनको आयोजना हुने भएको छ । सम्मेलन चैत्र २४ र २५ गते काठमाडौंमा आयोजना गरिने आयोजकले जनाएको छ ।

देशभरीबाट सम्मेलनमा दुई सय भन्दा बढी युवा कृषि उद्यमीहरुको सहभागिता रहने आयोजकले बताएको छ । पहिलो युवा कृषि उद्यम सम्मेलन २०७३ असार २० र २१ गते काठमाडौंमा आयोजना भएको थियो ।

सम्मेलनमा सहभागिताको खुल्ला आवेदन खुला आह्वान गरेको फोर एच नेपालका कार्यकारी निर्देशक नन्द देवकोटाले जनाएका छन् । सहभागिताका लागि इमेल, फेसबुक, ट्वीटर, ह्वाट्याप, भाइवर, म्यासेज तथा टेलिफोनबाट पनि आवेदन दिन सकिने देवकोटा बताएका छन् ।

सम्मेलनको पहिलो चरणमा चैत्र २० गते संघीयतामा कृषि नीति विषयक राष्ट्रिय बहसको आयोजना गरिने छ । जसमा नेपाल सरकार, राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग नीजि क्षेत्र, दातृ निकाय तथा विज्ञहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । र, चैत्र २६ गते राष्ट्रिय रणनीतिक कार्यशालाको आयोजना गरिने पनि जनाइएको छ । यसले २ वर्षको कृषि उद्यमी रणनीति तय गर्नेछ ।
युवा कृषि उद्यम सम्मेलनमा १५ ओटा फरक फरक विषयमा छलफल गरिनेछ । जसमा समानान्तर कार्यशाला, प्लेनरी सेसन, कार्यपत्र प्रस्तुति, अनुभव आदानप्रदान लगायतका कार्यक्रम तय गरिएको संस्थाका अध्यक्ष लोकराज अवस्थीले जनाकारी दिए । सम्मेलन अन्तर्राष्ट्रिय मोडेल संचालन गरिने उनले बताए ।

सम्मेलनमा दिगो विकास लक्ष्य र कृषि, युवा उद्यमीकरण र कृषि, कृषि र प्रविधि, संघीय ढाँचामा कृषि उद्यमशीलता, कृषिको बजारीकरण लगायतका विषयमा राष्ट्रिय बहस हुने आयोजकले बताएको छ ।

२०७४ फागुन १८ गते प्रकाशित

वि.सं.२०७४ फागुन १८ शुक्रवार २३:३२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...