back
NMB ad

प्रदूषण गर्ने कसैलाई छोडिन्न– लालवावु पण्डित

Kumari bank ad

भक्तपुर । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने कसैलाई पनि नछोडि अब कारबाही गरिने बताएका छन् ।
भक्तपुर मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको आज उद्घाटन गर्दै उहाँले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरेका हुन् ।

मन्त्री पण्डितले आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्द लगाउने बताउँदै “वैशाख १ गतेदेखि हरियो स्टिकर नभएका सवारी साधन चल्न दिइने छैन, ४५ प्रतिशत हरियो स्टिकर भएका साधनले कालो धुवाँ फाल्छ, अब त्यस्तालाई कारबाही हुन्छ,” भन्ने जानकारी दिए ।

कालो धुवाँ फाल्ने सवारी साधनलाई मात्र होइन, त्यस्ता सवारी साधनलाई हरियो स्टिकर दिएर पास गर्ने कर्मचारीलाई समेत कारबाही गरिने बताउँदै उनले भने – “नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई अब प्रतिबन्ध लगाउने र त्यसको विकल्पमा अर्गानिक झोलालाई प्राथमिकता दिइनेछ ।

मन्त्री पण्डितले वातावरणको ख्याल नगरी कानून मिच्दै सञ्चालनमा आएका इँटा भट्टालाई वातावरणमैत्री बनाउने उल्लेख गर्दै गलत ढंगले सञ्चालनमा आएका भट्टालाई कारबाहीको दायरमा ल्याउने तयारी गरेको बताए ।
फोहोर र प्रदूषणका कारण क्यान्सरजन्य रोग बढ्दै गएको बताउँदै उहाँले अबको एक वर्षमा काठमाडौँमा माक्स लगाउनु नपर्ने गरी वातावरण स्वच्छ बनाउने प्रतिवद्धता व्यक्त गर्दै वातवरण प्रदूषण गर्न लागिपरेका केही ठूला होटल उद्योगलाई कारबाही गरिरहेको र अन्यलाई समेत कारबाही गरिने पनि बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा प्रदूषण बढ्दा ऐतिहासिक भक्तपुरको पहिचान गुम्दै गएको र रोगको संक्रमण बढ्दै गएकाले यसलाई रोक्न हनुमन्ते सरसरफाइ अभियान शुरु भएको बताए ।

कार्यक्रमका संयोजक एवं सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले हनुमन्तेलगायत यस नगरपालिकाको कुनै पनि खोलामा फोहोर फाल्नेलाई नगरपालिकाले जरिवानासहित कारबाही गर्ने बताए ।

आजबाट शुरु भएको हनुमन्ते सरसफाइ अभियान अब हरेक साता शनिबार सञ्चालन हुनेभएको छ । आजको सरसफाईमा १० ट्रक फोहोर संकलन त्यसको व्यवस्थापन गरिएको छ ।

२०७४ फागुन १९ गते प्रकाशित

वि.सं.२०७४ फागुन १९ शनिवार १४:५६ मा प्रकाशित

You can share this post!

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने   

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:००

काठमाडौँ, १५ जेठः सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न...

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड   

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:५५

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षलाई ‘महिला लगानी...

एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने   

एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:५१

काठमाडौँ, १५ जेठः अन्तर्राष्ट्रिय श्रम रोजगारबाट फर्किएका एक लाख ‘रिटर्नी’लाई...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड   

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४८

काठमाडौँ, १५ जेठ : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि...

स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४६

जनकपुर, १५ जेठः नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी...

आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य   

आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४३

काठमाडौँ, १५ जेठ : सरकारले आगामी वर्ष १६ लाख विदेशी...