back
NMB ad

के तपाइलाइ पायल्स को समस्या छ ? यसरी निको हुन्छ पायल्स

Kumari bank ad

काठमाडौं । मेडिकल भाषामा पायल्सलाई हेमोरोइटर्स भनिन्छ । पायल्सको तीन चरण हुन्छ । पहिलो चरण भनेको दिसामा रगत देखापर्नु, दोस्रोे दिसासँगै अन्य केही वस्तु आएजस्तो भान हुनु र दिसा गर्दा मलद्वारबाट मासु नै बाहिर निस्कनु । यस्तो बाहिर निस्केको भाग दिसा गरेपछि भित्र पस्ने हुन्छ । तेस्रो भनेको दिसा गर्दा बाहिर निस्किएको मासु भित्र पस्दैन । यस्तो अवस्था तुलनात्मक रूपमा बढी जटिल हुन्छ । यसरी गर्न सकिन्छ पायल्सको उपचार
डा. लोचन कार्की, जनरल फिजिसियन

– दिसा साह्रो भएको छ वा नियमित दिसा गर्न समस्या छ भने औषधि सेवन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा दिसालाई नरम बनाउने औषधि सेवन गर्नुपर्ने हुन्छ ।

– पायल्स पहिलो अवस्थामा हुँदा त्यस्तो कुनै मेडिकल उपचार गर्नुपर्दैन । सर्जिकल अवस्थामा पनि जानु पर्दैन ।

– यस्तो अवस्थामा रक्तनलीहरू बाहिर निस्किएको हुन्छ । सामान्य अवस्थामै थोरै उपचार गर्दा पनि त्यस्ता रक्तनलीहरू सामान्य अवस्थामा पुग्छन् । इन्जेक्सनका माध्यमबाट पनि यस्तो समस्याबाट मुक्त हुन सकिन्छ ।

– अवस्था जटिल बन्दै गयो र यति गर्दागर्दै पनि त्यस्ता मासु सामान्य अवस्थामा पुग्न सकेनन् भने अप्रेसनको विकल्प हुँदैन । अप्रेसन गरी बाहिर निस्किएको मासुलाई काटेर फाल्नुपर्ने हुन्छ । नत्र यस्तो मासुले विभिन्न संक्रमण निम्त्याई अल्सर हुँदै क्यान्सरसम्म हुन जान्छ । अप्रेसनपछि पनि सचेत हुन आवश्यक छ । किनभने दिसा–पिसाब गर्दा संक्रमण हुने डरसमेत हुन्छ ।

– जाडोमा अलि बढी पायल्सको समस्या देखिने गर्छ । तर, गर्मी मौसममा संक्रमण दर बढी हुन्छ । जाडोमा पानी कमी भएका कारणले पनि पायल्सको समस्या निम्तिन सक्छ ।

– दिसामा रगत देखा पर्नासाथ चिकित्सककहाँ जानुपर्छ । यस्तो वेला बढी मात्रामा रगत निस्किए रक्तअल्पतासमेत हुन सक्छ ।

नयाँ पत्रिकावाट

२०७४ फागुन २१ गते प्रकाशित

वि.सं.२०७४ फागुन २१ सोमवार १४:३६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...