back
NMB ad

यसरी गर्दै छ प्रदेश नं. १ ले सय दिनमा जनमुखी काम

Kumari bank ad

काठमाडौं । प्रदेश नं. १ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सुशासन र समृद्धि : हाम्रो प्रतिबद्धता नाराका साथ सय दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै नौ पृष्ठ लामो प्रतिबद्धता सार्वजनिक गरेको हो । मुख्यमन्त्रीको कार्यालयले सात मन्त्रालयले सय दिन भित्र गर्ने कार्यक्रमलाई विभिन्न सात शिर्षकमा बुँदागत रुपमा प्रस्तुत गरेको छ । हरेक मन्त्रालयको कामलाई यसरी प्रस्तुत गरेको छ ।

 मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सुशासन र समृद्धि : हाम्रो प्रतिवद्धता
 भूूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषिमा व्यवसायिकता : आजको आवश्यकता
 सामाजिक विकास मन्त्रालय
गुणस्तरीय शिक्षा र शैक्षिक पुुर्वाधार : स्वस्थ जीवन र सामाजिक परिवर्तनको आधार
 भौतिक पुुर्वाधार विकास मन्त्रालय
लगानीमैत्री वातावरण : पुुर्वाधारको विकास
 आर्थिक मामिला तथा योजना मन्त्रालय
करमा सहभागिताः विकासमा साझेदारीता
 आन्तरिक मामिला तथा कानून मन्त्रालय
(क) कानूूनको रक्षा : जीउ–धनको सुुरक्षा
(ख) प्रेस, सूचना तथा सञ्चार : जनताको अधिकार
 उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण : सुधारौं हाम्रो विकासको आचरण

हेर्नुहोस विस्तृतरुपमा

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रदेश नं. १, विराटनगर

सय दिनेकार्यक्रम

१. मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सुशासन र समृद्धि : हाम्रो प्रतिवद्धता
 प्रदेशका मन्त्रालयहरुको भौतिक संरचना, वित्तिय साधन र श्रोत तथा मानव संशाधनको विकासमा समन्वयकारी भूमिका निर्वाह गरिनेछ ।
 प्रदेशको लागि आवश्यक कानून बनाउन आवश्यक व्यवस्था मिलाइने छ ।
 प्रदेश सरकारको अल्पकालिन नीति तथा रणनीतिहरु तयार गरी सोको कार्यन्वयनमा जोड दिइनेछ ।
 प्रदेश तहमा राजनैतिक, आर्थिक, सामाजिक, कानूनी तथा प्रशासनिक क्रियाकलापहरुको सम्बन्धमा आवश्यक सूूचना तथा जानकारी लिने, सोको संप्रेषणको लागि वेवसाइट तयार गरी कार्यन्वयनमा ल्याइनेछ ।
 मानव अधिकारको संरक्षण तथा सम्वद्र्धन, भ्रष्टचार नियन्त्रण गरी शुसासन कायम गर्न प्रभावकारी भूमिका निर्वाह गरिनेछ ।
 प्रदेशमाशान्ति सुुरक्षा तथा अमनचयन कायम गरी दण्डहिनताको अन्त्य गरिनेछ ।
 प्रत्यक्षरुपमा सरोकार राख्ने निकायहरुमा गुुनासो सुन्ने अधिकारी, नागरिक हेल्प डेक्स, वडापत्र तथा विद्युुतीय डिस्प्ले राख्ने व्यवस्था मिलाइनेछ ।
 प्रदेशदेखि जिल्ला, नगर हुुँदै गाउँपालिकासम्म सूचना बोर्ड, सूचना केन्द्र स्थापना गरी सूचना प्रवाह गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
 “आफ्नो काम कारवाही जनताकै लागि” भन्ने कर्तव्यबोधकासाथ हरेक कार्यालयले कम्तिमा एक महिनामा एकपटक नागरिक सुुनुवाई कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
 कर्मचारी प्रशासनमा व्यवसायीकरणका लागि आवश्यक कदम चालिनेछ ।
 सार्वजनिक प्रशासनलाई स्वच्छ र सक्षम तुल्याइनेछ । कर्मचारीतन्त्रमा सुुद्धिकरण ल्याउन आवश्यक कदम चालिनेछ । भ्रष्टचार, दण्डहिनता, अपराध नियन्त्रणमा शुन्य सहनसिलता कायम गरिनेछ ।

२. भूूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषिमा व्यवसायिकता : आजको आवश्यकता
 प्रदेशभित्रका कृषियोग्य भूमिको उत्पादकत्व बृद्धिका लागि भूउपयोगको संभाब्यता अध्ययन थालनी गरिनेछ । यसकालागि जग्गा खण्डीकरणलाई निरुत्साहित गरी चक्लाबन्दीको नीति अवलम्बन गरिनेछ ।
 नेपाल कृषि अनुसन्धान परिषदसँग प्राबिधिकरुपमा समन्वय गरी कृषिमा आधुनिकीकरण र यान्त्रिकरणका लागि उन्नत बीउबिजन र यन्त्रहरुको प्रयोगबाट उत्पादन र उत्पादकत्व बृद्धि गर्ने नीति अवलम्बन गरिनेछ ।
 उत्पादित कृषि उपजहरुको बजारीकरण तथा सुरक्षित भण्डारण गर्न आवश्यक पुुर्वाधार निर्माणका लागि अध्ययन थालिनेछ ।
 साना र मझौला कृषकहरुका लागि सहकारीको माध्यमबाट आय आर्जन र जीवनस्तरमा सुधार ल्याउने नीति अवलम्वन गरिनेछ ।
 प्रदेशको पहिचानकोरुपमा रहेका नगदे बालीहरु (चिया, अदुवा, अलैची, जुट, अमरिसो, अल्लो, रुद्राक्ष लगायत)को उत्पादकत्वमा वृद्धि गरी व्यवसायिकरण गरिनेछ । चिया र अलैची जस्ता नगदे बाली विकासकोलागि अर्गानिक जोन बनाउन अध्ययन गरिनेछ ।
 दूूध, अण्डा र मासुमा आत्मनिर्भर हुुनेगरी स्वस्थ मासुु र यसको बजारीकरणलाई सुदृढ र सवल बनाउने कार्यक्रमहरु लागू गर्ने व्यवस्था मिलाइनेछ ।

३. सामाजिक विकास मन्त्रालय
गुणस्तरीय शिक्षा र शैक्षिक पुुर्वाधार : स्वस्थ जीवन र सामाजिक परिवर्तनको आधार
 ग्रामिण भेगसम्म चिकित्सकीय सेवा उपलब्ध गराउन चिकित्सकहरुलाई ग्रामिण इलाकामा रहन प्रोत्साहन गर्ने कार्यक्रम ल्याइनेछ ।
 प्रत्येक स्थानीय तह, गाउँपालिका र नगरपालिकामा नियमित स्वास्थ शिविर सञ्चालन गरिनेछ ।
 स्कूूल जाने उमेरका वालवालिकाहरुको भर्ना दरलाई स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा भर्नादरलाई शत प्रतिशत पुुर्याइनेछ । स्कूूल छोड्ने अवस्थाको दरलाई न्यून गर्न तथा माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुुल्क गरी गुणस्तरीय शिक्षामा जोड दिइनेछ ।
 दक्ष र उच्च दक्ष जनशक्तिको उत्पादनलाई उच्च प्राथमिकता दिइने नीति लिइनेछ । यसका लागि गैह« प्राविधिक विषयमा ३०% र व्यसायिक तथा प्राविधिक विषयमा ७०% ले जनशक्ति विकास गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् जस्ता निकायहरु प्रदेशमै स्थापना र सञ्चालन गर्ने नीति लिइनेछ । यस्ता शैक्षिक संस्थाहरुलाई ग्रामिण क्षेत्रहरुसम्म विस्तार गरिनेछ ।
 प्रत्येक जिल्लामा एक एक प्राविधिक शिक्षालय स्थापनाको तयारी थालिनेछ ।
 सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालहरुको स्तरोन्नति र निजी अस्पताल तथा नर्सि∙ होमहरुको नियमित नियमन गर्ने संयत्रको विकास गरिनेछ । प्रदेशका सबै नागरिकको स्वास्थ्यमा सरल पहुँचको अभिवृद्धि गर्न तथा आवश्यक प्रवन्ध मिलाउन सम्बन्धित निकायहरुलाई परिचालन गरिनेछ । स्वास्थ्य सेवाको व्यापारिकरणलाई रोक्दै स्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक कदम चालिनेछ ।
 संविधानतः मौलिक हककोरुपमा उल्लेख भएका जनस्वास्थ्य कार्यक्रमहरुलाई अघि बढाउन स्वास्थ्य विमा कार्यक्रमलाई जनताको घर दैलोमा पुर्याउने कार्यको थालनी गरिनेछ ।
 प्रदेशलाई लोककल्याणकारी राज्यको अवधारणाबमोजिम रुपान्तरण गर्न सडक वालवालिका, जेष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, विधवा तथा एकल महिलालगायत अति विपन्न वर्गलाई व्यवस्थित गर्ने कार्यकोे थालनी गरिनेछ ।
 प्रदेशमा कला, साहित्य र संस्कृतिको विकासका लागि एक प्रतिष्ठानको स्थापना गर्न आवश्यक तयारी गरिनेछ ।
 प्रदेशभित्र मदिरा तथा सूूर्तीजन्य पदार्थको उत्पादन, विक्रि वितरण, भण्डारण र प्रयोगमा नियमन र नियन्त्रण गरिनेछ ।
 सूचना प्रविधिमैत्री अध्यापन कार्यलाई प्रोत्साहन गरिनेछ । यसकालागि नमूना विद्यालय छनौट गरी आगामी आर्थिक वर्षबाटै कार्यक्रम शुरु गरिनेछ ।
 सामुुदायिक तथा निजी विद्यालयहरुमा मनोमानीरुपमा शुल्क निर्धारण गर्ने प्रवृत्ति रोक्न आवश्यक कदम चालिनेछ ।
 जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने व्यवस्था मिलाइनेछ ।
 प्रत्येक सरकारी अस्पताल, स्वास्थ केन्द्र र शैक्षिक संस्थाहरुमा इन्टरनेट सुविधा पुर्याउन आवश्यक तयारी थालिनेछ ।
 सबै जात जातिहरुको भाषा, लिपि, धर्म, भेषभुुषा र रीतिरिवाजको संरक्षणकोे लागि आवश्यक अध्ययन कार्यको थालनी गरिनेछ ।

४. भौतिक पुुर्वाधार विकास मन्त्रालय
लगानीमैत्री वातावरण : पुुर्वाधारको विकास
 प्रदेशको विकासको मेरुदण्डकारुपमा रहेको जोगवनी–विराटनगर–धरान–किमाथान्का सडकलाई उच्च प्राथमिकताकासाथ देशको राष्टिय गौरवको आयोजनाअन्तर्गत राख्न संघीय सरकारसँग पहल गरिनेछ ।
 हुलाकी राजमार्गलाई उच्च प्राथमिकतामा राखी यसलाई अगाडि बढाउन सम्बन्धितनियकायहरुसँग समन्वय गरिनेछ ।
 मुख्य राजमार्गहरुलाई स्तरोन्नति गर्दै उत्तर–दक्षिण सहायकमार्गहरुलाई मुख्य राजमार्गसँग जोड्ने कार्यलाई तिव्रता दिइनेछ ।
 सुनसरी, मोरंग र झापाका उर्वर क्षेत्रहरुमा आधुनिक सिंचाई सुविधा पुुर्याउनर अन्य पहाडी जिल्लाका उर्वर क्षेत्रहरुको पहिचानकालागि अध्ययनकार्यको थालनी गरिनेछ ।
 भूूमिगत सिंचाई जस्तै – स्यालो ट्युववेल, डिप ट्युुववेल, लिफ्टिङ, डिप वोरिङ जस्ता कार्यक्रमलाई प्राथकिता दिई अगाडि बढाइनेछ ।
 “एक घरपाँच बिरुवा” को कार्यक्रमलाई स्थानीय निकायसँग समन्वय गरी अनिवार्यरुपमा कार्यन्वयन गरिनेछ ।
 भवन संहितालाई सुरक्षित र मर्यादित बनाउन आवश्यक तालीम सञ्चालन गरिनेछ । भूूकम्प प्रतिरोधी घर निर्माण गर्न स्थानीय निकायसँग समन्वय गरी आचार संहिता बनाई अनिवार्यरुपमा लागूूगरिनेछ ।
 छरिएर रहेका वस्तीहरुलाई एकिकृत वस्तीकोरुपमा विकास गर्न अध्ययन कार्यको थालनी गरिनेछ । कम्तिमा एक जिल्लाको एक स्थानमा स्थानीय मौलिकता र सांस्कृतिक पहिचान झल्कने गरी एकिकृत वस्ती स्थापनाको कार्य क्रमिकरुपमा लागूूगरिने नीति लिइनेछ ।
 “स्वच्छ खानेपानी – स्वस्थ जीवन” को कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गरी कार्यक्रम ल्याइनेछ । आर्सनिक विहिन पानीको उपलब्धता र वितरणका लागि सम्भाव्यता अध्ययन थालिनेछ ।
 “उज्यालो अभियान”कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न सौर्य उर्जालाई विस्तार गर्दैलगिनेछ ।
 “जनता आवास कार्यक्रम” अन्तर्गत मोरंग र सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा करिव १५०० आवास इकाईहरुको हस्तान्तरण गरिनेछ ।
 रंगेलीमा हुलाकी सडकमा पर्ने गरी नयाँ शहर कार्यक्रम संचालन गर्न गुरुयोजना तयार गरिनेछ ।
 सीमा शहरको सदरमुकाममा सघन शहरी विकास कार्यक्रमलाई तिव्रता दिइनेछ ।
 भौतिक पुुर्वाधारसम्बन्धी प्रोफाइल तयार गरिनेछ ।
 Tar Solar Lift Irrigation को माध्यमबाट सिंचाईको थालनी गरिनेछ ।
 प्रदेशभित्र गुणस्तरीय विद्युतको वितरण, प्रशारण र विस्तारकोलागि आवश्यक व्यवस्था मिलाइनेछ ।
 लगानीमैत्री कानून निर्माणको थालनी गरिनेछ ।
 पुुर्वाधार विकास बैक स्थापनाको लागि संघीय सरकारसँग पहल शुुरु गरिनेछ ।
 राष्टिय गौरवका आयोजना र केन्द्रीयस्तरका आयोजनाहरुको प्रभावकारी कार्यन्वयनमा जोड दिइनेछ ।
 नयाँ सहरहरुको विकास तथा स्मार्ट सिटीहरुको निर्माण गर्नकालागि उपयुक्त ठाउँहरुको पहिचान गर्न विस्तृत अध्ययन कार्यको थालनी गरिनेछ ।
 प्रदेशमा रहेका मुुख्य सहरहरुलाई आधुुनिक, सुविधायुक्त, स्वच्छ, सफा एवं सुुन्दर सहरमा रुपान्तरण गर्न स्थानीय सरकारसँग समन्वय गरी आवश्यक कार्यको थालनी गरिनेछ ।
 अरुण तेस्रो र माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण कार्यलाई द्रुतगतिमा अगाडि बढाउन संघीय सरकारसँग समन्वय गरी आवश्यक पहल गरिनेछ ।

५. आर्थिक मामिला तथा योजना मन्त्रालय
करमा सहभागिताः विकासमा साझेदारीता
 “कर तिरे विकास हुन्छ” भन्ने भावना जगाई इमान्दारितापूर्वक उच्च कर तिर्ने करदातालाई सम्मान गर्ने कार्यको थालनी गरिनेछ ।
 कर प्रणालीलाई सुुदृढ गरी करको दायरा फराकिलो पारिनेछ । यसको लागि एक कार्यदल गठन गरी कार्यारम्भ गरिनेछ ।
 प्रदेशको लागि उपयुक्त आर्थिक तथा वित्तिय नीति अवलम्वन गर्न अध्ययन कार्यको थालनी गरिनेछ ।
 प्रदेशको समग्र आर्थिक स्रोत र साधनको पहिचान गरी अगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ ।
 प्रदेशको आवश्यकताअनुसार योजना तर्जुमा गरी प्राथमिकताका आधारमा कार्यन्वयन गरिनेछ ।
६. आन्तरिक मामिला तथा कानून मन्त्रालय

(क) कानूूनको रक्षा : जीउ–धनको सुुरक्षा
 प्रदेशको लागि आवश्यकपर्ने कानूूनहरुको पहिचान गरी विषयगत अध्यादेश, ऐन, नियम, निर्देशिका, कार्यविधि तथा मापदण्डहरु तयार गरिनेछ ।
 सिसिटिभी क्यामेराको माध्यमबाट प्रविधिमैत्री सुरक्षामा जोड दिइनेछ ।
 “प्रहरी मेरो साथी”कार्यक्रमअन्तर्गत फोन, इमेल, फ्याक्स, स्थान लगायतका आवश्यक सूचनासहितको स्टिकर बनाई प्रत्येक घरदैलोमा टाँसिने व्यवस्था मिलाइनेछ ।
 अपराध नियन्त्रणकालागि “जनतासँग प्रहरी” कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रमअन्तर्गत शहरी र सुगम क्षेत्रमा २० मिनेटभित्र अपराध घटेकै स्थानमा प्रहरी उपस्थित हुने र दुर्गम तथा कठिन क्षेत्रमा १ घण्टादेखि सकेसम्म छिटो उपस्थित हुुने व्यवस्था मिलाइनेछ । साथै “जनतासँग प्रहरी” कार्यक्रमअन्तर्गत विभिन्न अभियानहरु – ट्राफिक चेतना, लागूू औषधविरुद्धको सचेतना, महिला हिंसाविरुद्ध सचेतना, सुुरक्षा सचेतना, छुुवाछुुतविरुद्धको सचेतना जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
 “अपराधमा राजनीतिकरण” को अन्त्य गर्दै स्वतन्त्र¸ निर्भिक र भयरहित समाजको विकास गरिनेछ ।
 विकासलाई सुुरक्षासँग आवद्ध गरी आवश्यक सुुरक्षा प्रवन्ध मिलाइनेछ । यसका लागि आवश्यक दरवन्दीहरुश्रृजना गर्र्न अध्ययन शुुरु गरिनेछ ।
 “सुरक्षित यात्राको लागि सडक सुशासन” अन्तर्गत सडकमा जेब्राक्रसिङ्ग¸ सडक बत्ती र जथाभावी बाटो काट्ने कार्यलाई व्यवस्थितबनाइनेछ । अनावश्यक हर्न बजाउन पूर्ण रोकलगाइनेछ ।सडक अतिक्रमण,सडकमा गिट्टी, बालुवा थुपार्न वा अन्य निर्माण सामाग्री राख्न पूर्ण प्रतिवन्ध लगाईनेछ ।
 साना हतियारबाट हुने अपराधलाई पूर्णरुपमा निस्तेज पारिनेछ । हातहतियार बोक्ने एवं विस्फोटन गराउने उपर कडा कारवाही गर्न प्रदेशको संयन्त्रलाई परिचालित गरिनेछ ।
 संविधान र कानूनको बर्खिलाप हुने गरी समाजमा भय सृजना गर्ने अवाञ्छित तत्वलाई कानूनी दायरामा ल्याई प्रचलित कानूनबमोजिम दण्डित गरिनेछ । आफ्ना जायज मागहरुलाई प्रचलित कानूनको अधीनमा रही राख्न पाउने अधिकारलाई सुनिश्चित गरिनेछ ।
 सुरक्षा निकायहरुबीचको समन्वयलाई उच्च प्राथमिकता दिइनेछ । संघीय मन्त्रालयसँग समन्वय गरी प्रदेशमा सुरक्षा इकाइको थपघट र समायोजन गरिनेछ ।
 सुरक्षा सम्बेदनशिलताको आधारमा सुरक्षाकर्मीलाईदण्डित र पुरस्कृत गर्ने प्रणालीलाई प्रोत्साहन गरिनेछ ।
 फौजदारी अपराधमा मिलापत्रलाई निरुत्साहित गरिनेछ । महिला हिंसा जस्ता जघन्य अपराधमा संलग्नलाई कानूनबमोजिम कडा दण्ड दिइने व्यवस्था मिलाइनेछ ।
 “सुरक्षित प्रदेश¸ पर्यटकको आधार” कार्यक्रमअन्तर्गत पर्यटकको सुुरक्षाको प्रत्याभूूति गरिनेछ ।
 कालो बजारी, ठगी, खाद्यान्न मिसावट, कृतिम अभाब तथा महंगीलाई नियन्त्रण गर्न आवश्यक कदम चालिनेछ ।
 “सुरक्षित सीमा¸ सुरक्षित जीवन” कार्यक्रमअन्र्तगत सीमामा हुने अपराधलाई पूर्ण निस्तेज पारिनेछ ।
 अध्यागमनलाई व्यवस्थित गरी नयाँ अध्यागमन प्रणालीको सम्भाव्यता अध्ययन गरिनेछ ।
 सीमा नाकामा निरन्तर अनुगमन गरी चोरी निकासी÷पैठारीलाई नियन्त्रण गरिनेछ ।
 अव्यवस्थित यातायातमा सुधार गरी राजमार्गमा ठूला सवारी -Mass Transportation)लाई प्रोत्साहित गरिनेछ । साना सवारी साधनलाई वैकल्पिक मार्गबाट सञ्चालन हुने व्यवस्था मिलाईनेछ ।
 प्रदेशभित्र जुनसुकै समयमा आउन सक्ने भूूकम्प, बाढी, डुुवान, महामारी लगायतका विपद्लाई मध्यनजर गरी विपद् व्यवस्थापन कार्यलाई तिव्रता दिइनेछ । जोखिमयुक्त बस्तीहरुमा पूर्व सूचना दिनकालागि सूचना र प्रविधिको प्रयोगमा जोड दिइनेछ । उद्धार सामाग्री भण्डारणको लागि प्रादेशिक गोदामघरको स्थापनाको थालनी गरिनेछ ।
 प्रदेशका सवै सुरक्षा निकायहरुबीच समन्वय कायम गरी शान्ति सुरक्षालाई चुस्त र प्रभावकारी बनाईनेछ । यसकालागि Hotline Telephone/Fax/Email/SMS को माध्यबाट चौविसै घण्टा घटनाको जानकारी लिने व्यवस्था आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत गरिनेछ ।
 कुनैपनि आवरणमा हुने हुलहुज्जत, गुण्डागर्दी, धाकधम्की र चन्दा असुुलीलाई पूर्णरुपमा निस्तेज पारिनेछ ।
 सवारी साधनको लागि लाइसेन्स वितरण कम्तिमा हप्तामा एकपटक गर्ने व्यवस्था मिलाइनेछ ।

(ख) प्रेस, सूचना तथा सञ्चार : जनताको अधिकार
 पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने वरिष्ठ पत्रकारहरुलाई विशेष अवसर पारेर सम्मानको व्यवस्था मिलाइनेछ ।
 प्रदेशभरी रहेका सबै सञ्चार माध्यमहरुको संस्थागत विकास र पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि एक सुुविधा सम्पन्न प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्न आवश्यक अध्ययन कार्यको थालनी गरिनेछ ।
 श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक व्यवहारमै कार्यान्वयन गर्न गराउनका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक छलफल/परामर्श गरिनेछ ।
 प्रदेश सरकारले लोककल्याणकारी विज्ञापनको समानुुपातिक वितरणमा आवश्यक ध्यान पुर्याउनेछ ।
 सबै सञ्चार माध्यमहरुलाई स्थानीय सरकार र प्रदेश सरकारबाट सहयोग गर्ने वातावरण मिलाइनेछ ।
 प्रदेशको मध्यपहाडी राजमार्गमा अप्टिकल फाइवर विछ्याउनेसम्बन्धी कार्य प्रगतिको अध्ययन गरिनेछ ।
 Over Head Cable लाई मुख्य बाटोहरुमा भूमिगतरुपमा विछ्याउनतत्काल् छलफल थालिनेछ । साथै नयाँ बन्ने शहरहरुमा केवल तारहरुलाई भूमिगतरुपमा विछ्याउनका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरी लागू गरिनेछ ।
 सबै जिल्लाहरुमा 3G सेवा र प्रदेशका मुुख्य मुुख्य शहरहरुमा 4G सेवा सञ्चालनका लागि सम्बन्धित निकायसँग छलफल गरी सेवा शुरु गरिनेछ ।
 प्रदेशमा रहेका एअरपोर्ट, मुुख्य अस्पतालहरु, टिकट प्रणाली लागूू भई सञ्चालनमा रहेका सार्वजनिक स्थल तथा पार्कहरुमा र खासखास मुुख्य सहरहरुमा फ्रि वाइफाइ जोन खडा गरी सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ ।
 सूचना प्रविधि पार्कनिर्माणका लागि सम्भाव्यता अध्ययनकार्यको थालनी गरिनेछ ।
 सञ्चार सेवा नपुुगेको ठाउँमा टेलिफोन टावर निर्माणमा जोड दिइनेछ ।
 जनसम्र्पक हुने कार्यालयहरुमा सूचना प्रविधिमैत्री सेवा प्रवाहको कार्य थालनीका लागि आवश्यक पहल गरिनेछ ।
 राष्ट्रका सबै संचार गृह र संचारकर्मी तथा सर्वसाधारणलाई सूचना प्रवाह गर्न प्रदेशस्तरका सबै मन्त्रालयहरुमा सूचना डेक्स प्रवक्ता, प्रदेश राजपत्रको डिजाइन र प्रकाशन, सूूचना अधिकारीको व्यवस्थापन तथा सबै मन्त्रालयहरुको वेवसाइट निर्माण गरिनेछ ।

७. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण : सुधारौं हाम्रो विकासको आचरण
 सुख्खा समयमा प्रदेशका वनहरुमा लाग्न सक्ने वन डढेलोको जोखिमलाई समयमै रोकथाम गर्ने प्रभावकारी संयन्त्रको गठन र परिचालन गर्ने कार्यदिशासहित रोकथामका ठोस उपायहरु अवलम्वन गरी डढेलोबाट हुने क्षतिलाई न्यून गर्न सम्बन्धित निकायवीच सहकार्य र समन्वय विस्तार गरिनेछ ।
 प्रदेशभित्रका राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र संरक्षित क्षेत्र, तालतलैया, झर्ना तथा आसपासका पदमार्ग, पर्वतारोहण शिविर, पहुुँच पथ तथा आसपासका होटललगायत धार्मिक तथा सांस्कृतिक पुर्वाधारको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
 नियन्त्रित चरिचरन र जैविक पद्दत्ति अवलम्वन गरी घाँस, खर, कुश र वृक्षारोपणको माध्यमबाट चुरे लगायतका नदी, तटीय सम्वेदनशिल जलाधार क्षेत्रका जोखिमपूर्ण बस्तीहरुसमेतस्थानान्तरण÷व्यवस्थापन गरी माटो, पानी र जैविक विविधता संरक्षण कार्यमा जोडदिईनेछ ।
 प्रदेश नं. १ को भू–भागमा रहेको हालको ४३.४४ प्रतिशत वन क्षेत्रमा नघट्ने गरी उत्तरी पहाडी जिल्लाका वनहरुमा स्थान सापेक्ष उपयुुक्त अन्तरवाली विविधिकरण र विस्तार गरी वन्यजन्तु एवं मानव खाद्य सुरक्षाको लागि उत्पादकत्व अभिवृद्धि गर्न प्रोत्साहित गरिनेछ ।
 प्रादेशिक उद्योग, पर्यटन, वन र वातावरणसम्बन्धी काम गर्ने निकाय तथा तिनले प्रवाह गर्ने सेवासम्बन्धी तथ्यांक संकलन, अध्यावधिक र अभिलेखिकरण गरीउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तरगतका निकायहरुको समन्वयमा प्रारम्भिक तथ्यांक संकलन गरी प्रकाशन गरिनेछ ।
 एक अन्तराष्ट्रियस्तरको औद्योगिक प्रर्दशनी केन्द्रको स्थापना गर्न आवश्यक अध्ययन कार्यको थालनी गरिनेछ ।
 फिल्म नगरी(Film City)विकासकोलागि अध्ययन शुरु गरिनेछ ।
 प्रदेशस्तरको एक बृहत जातीय तथा सांस्कृतिक संग्राहलयको स्थापनाको लागि आवश्यक अध्ययन कार्यको थालनी गरिनेछ ।
 प्रत्येक जिल्लामा जातीय तथा सांस्कृतिक गृह-Ethnic and Cultural Homes)हरुको स्थापना गर्न आवश्यक अध्ययन कार्यको थालनी गरिनेछ ।
 शैक्षिक, खेलकूूद, पर्यटन, औद्योगिक हब (Hub)को लागि उपयुक्त स्थानमा पुुर्वाधार अध्ययन कार्यको थालनी गरिनेछ ।
 राष्ट्रिय तथा अन्तराष्ट्रिय नेपाली खेलाडीहरुलाई विशेष अवसरमा सम्मानको व्यवस्था मिलाइनेछ ।
 घरेलूू तथा साना उद्योग, लघुु उद्योगहरुको संरक्षण र विकासमा ध्यान दिइनेछ ।
 उद्योगमा भइरहेको विद्युत कटौतीलाई कम गर्न र गुणस्तरीयतामा रहेको समस्यालाई समाधान गर्न संघीय निकाय (उर्जा तथा सिंचाई मन्त्रालय) सँग समन्वय गरिनेछ ।
 विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलकोरुपमा स्तरोन्नति गर्न तत्काल आवश्यक जग्गा अधिग्रहण र विस्तारको लागि संघीय सरकारसँग पहल कदमीको थालनी गरिनेछ ।
 विराटनगरबाट प्रदेशभित्रका सबै हवाई मैदानहरुमा उडान भर्न आवश्यक पहल गरिनेछ ।
 विराटनगर एअरपोर्टबाट हेलिकप्टर सेवा सञ्चालन गर्ननीजि क्षेत्रसँग आवश्यक समन्वय गरिनेछ ।
 इलाम, तेह्रथुम, पाँचथर, धनकुटा, धरान, उदयपुरलगायतका ठाउँहरुमा संघीय सरकारसँग समन्वय गरी विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन कार्यकोथालनी गरिनेछ ।
 केवुलकार सञ्चालन, भ्यूू टावर निर्माण र पहिचान भएका पर्यटकीय गन्तव्य स्थलहरुमा आवश्यक पुुर्वाधार निर्माणको लागि अध्ययन कार्यको थालनी गरिनेछ ।
 स्थानीय सीप र कच्चा पर्दाथमा आधारित साना तथा घरेलूू उद्योगको स्थापना र सञ्चालन, खनिजजन्य पदार्थको खोज, प्रशोधन एवं उपलव्ध जैविक कच्चा पदार्थको प्रशोधन गर्न संम्भाव्यता अध्ययन कार्यको थालनी गरिनेछ ।
 उद्योगी, व्यापारी र व्यावसायीहरुको काममा सहजता ल्याउन कम्पनी रजिष्टारको कार्यालयलाई पुुनः सञ्चालनमा ल्याइनेछ ।
 मापदण्ड विपरितका प्लाष्टिकका झोला र वातावरणमा प्रतिकूूल असर पार्ने सामाग्रीको प्रयोगलाई निषेध गर्न स्थानीय सरकारसँग समन्वय गरी आवश्यक कदम चालिनेछ ।
 प्रदेश नं. १ लाई स्वच्छ, सुुन्दर र हरियाली प्रदेश बनाउन स्थानीय सरकार र विभिन्न गैर सरकारी संघ संस्थाहरुसँग सहकार्य गरी कार्य प्रारम्भ गरिनेछ ।
 रुग्णरुपमा रहेका आवश्यक उद्योहरुलाई सञ्चालनमा ल्याउन विशेष पहल गरिनेछ ।
 केन्द्रीय सरकारसँग समन्वय गरी विशेष आर्थिक क्षेत्र [Special Econimic Zone (SEZ)]स्थापनाको लागि तत्काल आवश्यक पहल गरिनेछ ।

मिति :२०७४।११।२२

वि.सं.२०७४ फागुन २२ मंगलवार १८:२८ मा प्रकाशित

You can share this post!

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४०

काठमाडौँ, २८ वैशाख : सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु...

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:३६

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको मुख्य कम्पनी...

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...