back
NMB ad

आँखा अस्पताललाई जग्गा दान गर्नेको नाममा आँखा उपचार केन्द्र स्थापना

Kumari bank ad

नेपालगञ्ज । नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पताललाई काठमाडौँको आफ्नो करिब रु एक अर्बको घरजग्गा दान गर्ने दानवीर श्रीजङ शाह र उहाँकी धर्मपत्नी रुद्रकुमारी शाहको नाममा बर्दियामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।

फत्तेवाल आँखा अस्पतालका वरिष्ठ प्रबन्धक कौशलकुमार वर्माका अनुसार बर्दियाको भुरीगाउँ र मगरागढीमा ‘श्रीजङ÷रुद्रकुमारी आँखा उपचार केन्द्र स्थापना गरी सञ्चालनमा समेत ल्याइएको छ ।

पच्चीस वर्ष अघि दानवीर श्रीजङका पिता फत्तेजङ शाहले आफ्नी धर्मपत्नी स्व बालदिव्येश्वरी शाहको सम्झनामा नेपालगञ्जमा आँखा अस्पताल सञ्चालनका लागि करोडौंको मूल्यको घरजग्गा दान दिनुभएपछि ‘फत्तेवाल आँखा अस्पताल’ मा सञ्चालनमा आएको थियो ।

सो अस्पतालमा प्रदेश ५, ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतबाट समेत दैनिक सयौँको संख्यामा आँखाका बिरामी उपचारका लागि आउने गर्छन् ।

यसैगरी, फत्तेवाल आँखा अस्पतालले हाल प्रदेश नं ५ को बर्दियाको राजापुर, बाँसगढी, भुरीगाउँ, मगरागढी र सानोश्री तथा कर्णाली प्रदेशको दैलेखको दुल्लु र सुर्खेतको मेहलकुनामा पनि आँखा उपचार केन्द्र स्थापना गरी सेवा प्रवाह गरिरहेको छ ।

नेपाल नेत्रज्योति संघ, बाँकेका अध्यक्ष रतनकुमार टण्डनका अनुसार नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पतालले वार्षिक सरदर एकलाख २० हजार आँखाका बिरामीलाई बहिरंग र १२ हजारलाई शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ ।

२०७४ फागुन २४ गते प्रकाशित

वि.सं.२०७४ फागुन २४ बिहीवार ११:०३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...