back
NMB ad

दोस्रो चौमासिक वितिसक्दा अझै वितरण हुन सकेन सामाजिक सुरक्षाभत्ता

Kumari bank ad

बैतडी । चालु आवकोे आठ महिना बित्नलाग्दासमेत जिल्लाका चारवटा स्थानीय तहले अझै पनि सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेका छैनन् । जिल्लाको मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरण गरेका छैनन् । सामाजिक सुरक्षाभत्ता नपाएको भन्दै नागरिक निराश भएका छन् ।

सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ता समयमा नपाउँदा आफूहरुलाई दुःख लागेको दोगडाकेदार गाउँपालिका–६ का हरिसिंह ऐरीले बताए। “सामाजिक सुरक्षाभत्ताबाटै गुजारा गर्दै आएको हुँ”, उनले भने, “क वर्गको शारीरिक अपांगता भएको व्यक्ति हुँ, मैले आठ महिनासम्म सामाजिक सुरक्षाभत्ता नपाउँदा निकै समस्या भएको छ ।”

यस्तै सुर्नया गाउँपालिकाले पनि अहिलेसम्म सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेको छैन् । अर्थमन्त्रालयले सामाजिक सुरक्षाभत्ताका लागि आवश्यक रकम निकासा नगर्दा सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले जानकारी दिए ।

यस्तै मेलौली नगरपालिकाले पनि बजेट निकासा नहुँदा विकास बजेटबाट तत्कालका लागि सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी गरेको नगरप्रमुख कृष्णसिंह नायकले बताए । शिवनाथ गाउँपालिकाले पनि चालु आवको आठ महिनासम्म सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेको जनाएको छ ।

सामाजिक सुरक्षाभत्ताका बारेमा व्यापक गुनासो आएकाले विकास बजेटबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले भने विकास बजेटबाट पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता वितरण गरिसकेका छन् । नागरिकको व्यापक जनगुनासोपश्चात् सामाजिक सुरक्षाभत्ता वितरण गर्न बाँकी रहेका स्थानीय तहले विकास बजेटबाट वितरण गर्ने तयारी थालेका छन् ।

२०७४ फागुन २४ गते प्रकाशित

वि.सं.२०७४ फागुन २४ बिहीवार १३:४६ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...