back
NMB ad

पुरुषलाई पच्चीस प्रतिशत आरक्षण दिएर मनाइयो महिला दिवस

Kumari bank ad

काठमाडौँ । एकसय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले २५ प्रतिशत पुरुषको अनिवार्य प्रतिनिधित्व गराएर सातौँ श्रमिक राष्ट्रिय महिला सम्मेलनको आयोजना गरेको छ ।

राज्यका हरेक निकायमा ३३ प्रतिशत अनिवार्य महिला आरक्षणको व्यवस्था भए पनि महासंघले आफ्नो महिला केन्द्रित कार्यक्रममा २५ प्रतिशत पुरुष आरक्षण दिएर कार्यक्रम गर्दै आएको छ । आजको महिला सम्मेलनमा २४८ मध्ये एक तिहाइ पुरुष सहभागी थिए ।

“अल्पसंख्यक हुँदा कस्तो अनुभूति हुँदो रहेछ भन्ने अनुभूत गराउन जिफन्टले आयोजना गर्ने महिलासम्बन्धी कार्यक्रममा महिला ७५ प्रतिशत र पुरुष २५ प्रतिशत प्रतिनिधि बनाउने विधि अवलम्बन गरेका हौँ”, जिफन्टका अध्यक्ष एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भने, “यसले पुरुषमा महिलाका विषयलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्न सहयोग गरेको छ ।”

जिफन्टका महासचिव विष्णु लम्सालले नीतिनिर्माण तहमा पुरुषको बोलवाला रहेको अवस्थामा शुरु गरिएको यो अवधारणाले पुरुषलाई पनि महिला अधिकारका विषयमा सचेत हुन प्रेरित गरेको बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनका नेपाल प्रमुख रिचर्ड हावर्डले नेपालमा महिलाको नीतिनिर्माण तहमा वृद्धि भएको संख्या एसियामा नै देखाउन लायक भएको धारणा व्यक्त गरे ।

एमालेका सांसद बिन्दा पाण्डेले लामो संघर्षले महिला अधिकार स्थापित गर्ने पक्षमा धेरै उपलब्धि हासिल भएको भन्दै अझै पनि केही विषयमा अभियान चलाउनुपर्ने बताइन् । रासस

२०७४ फागुन २४ गते प्रकाशित

वि.सं.२०७४ फागुन २४ बिहीवार २२:०२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...