back
NMB ad

नेप्सेको अन्यमा छ झण्डै २६ करोड कित्ता सेयर सूचीकृत, बजार पुँजीकरण कुन कम्पनीको कती ?

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रहेका उपसूचक मध्य अन्यमा ४ कम्पनीहरु सूचीकृत छन् । यो समुहमा रहेका कम्पनीहरुको जम्मा चुक्ता पुँजी २५ अर्ब ७८ करोड ९३ लाख ७३ हजार २ सय रुपैँया रहेको छ ।

जम्मा २५ करोड ७८ लाख ९३ हजार ७ सय ३२ कित्ता सेयर सूचीकृत भएको यो समुहमा रहेका कम्पनीको जम्मा बजार पुँजीकरण १ खर्ब ३८ अर्ब २८ करोड ९३ लाख ३८ हजार ९ सय ८९ रुपैँया रहेको छ ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १ सय रुपैँया अंकित दरका १५ करोड कित्ता सेयर सूचीकृत रहेको छ । पछिल्लो कारोबारमा ७ सय ३० रुपैँया प्रतिकित्तामा सेयर खरिद बिक्री भएको कम्पनीको बजार पुँजीकरण १ खर्ब ९ करोड ५० लाख रुपैँया रहेको छ ।

यस्तै जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको १ सय रुपैँया अंकित दरका १० करोड कित्ता सेयर सूचीकृत रहेको छ । पछिल्लो कारोबारमा १ सय ५६ रुपैँया प्रतिकित्तामा सेयर खरिद बिक्री भएको कम्पनीको बजार पुँजीकरण १५ अर्ब ६० करोड रुपैँया रहेको छ ।

सेयरबजारमा पछिल्लो पटक ३ हजार ५० रुपैँयामा कारोबार भएको नागरिक लगानी कोषको बजार पुँजीकरण २२ अर्ब ५७ करोड ७४ लाख ६३ हजार ३ सय ५० रुपैँया रहेको छ । कोषको १ सय रुपैँया अंकित दरका ७४ लाख २ हजार ४ सय ४७ कित्ता सेयर सूचीकृत नेप्सेमा सूचीकृत छन् ।

अन्य समुहमा रहेको अर्को कम्पनी नेपाल चलचित्र विकास कम्पनी हो । नेप्सेमा कम्पनीको १ सय रुपैँया अंकित दरका ४ लाख ९१ हजार २ सय ८५ कित्ता सेयर रहेका छन् । १ करोड ६८ लाख ७५ हजार ६ सय ३९ रुपैँया बजार पुँजीकरण रहेको कम्पनीको चुक्ता पुँजी ४ करोड ९१ लाख २८ हजार ५ सय रुपैँया रहेको छ । लामो समयदेखी यो कम्पनीको दास्रो बजारमा कारोबार भएको छैन ।

२०७४ फागुन २५ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २५ शुक्रवार २२:१९ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...