back
NMB ad

विज्ञानको अनुसन्धान र प्रवद्र्धनको लागि अन्तर्राष्ट्रिय रासायनिक वैज्ञानिक सम्मेलन सम्पन्न

Kumari bank ad

चितवन । सीपको आदानप्रदान गर्दै अनुसन्धानलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय रासायनिक वैज्ञानिक सम्मेलन शनिबार साँझ सातबुँदे सौराहा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको संयुक्त आयोजनामा भएको तीनदिने सम्मेलनले नेपालका वैज्ञानिकलाई अन्तर्राष्ट्रिय अनुसन्धानकर्तासँग समन्वय गरी वैदेशिक तवरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

घोषणापत्रमा विज्ञानको अनुसन्धान तथा प्रवद्र्धनमा राष्ट्रहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ । त्यसैगरी विकसित राष्ट्रमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित विकासोन्मुख देशका वैज्ञानिकलाई सहभागी हुन अन्तर्राष्ट्रिय संस्थाबाट सहयोगको माग गर्ने जनाइएको छ । अर्को सम्मेलन सन् २०१९ मा काठमाडौँमा गरिने बताइएको छ । अनुसन्धान सँगसँगै पर्यटन क्षेत्रलाई पनि विकास गर्दै वातावरणमैत्री जीवनका लागि अनुसन्धानको भूमिका अपरिहार्य गराउने घोषणापत्रमा उल्लेख छ ।
सन् २०१८ नोभेम्बरमा एशियन पोलिमर एशोसिएसनसँग मिलेर अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र एशियन केमिकल सोसाइटी महासंघद्वारा नेपालमा एशियन केमिकल सम्मेलन गर्ने पनि जनाइएको छ ।
नेपाल केमिकल सोसाइटीका सदस्य प्रा. डा. अमरप्रसाद यादवले सम्मेलनमा रसायन र वातावरण, रसायन र जीव विज्ञानको भूमिका, वैकल्पिक ऊर्जा, जडीबुटीबाट औषधि उत्पादनलगायत विषयमा १३ देशका ८० र नेपालका १०० वैज्ञानिकले कार्यपत्र प्रस्तुत गरेको बताए । नेपाल केमिकल सोसाइटीका सदस्य मनोज विष्टले चितवनमा भएको सम्मेलन आउँदा दिनका लागि अनुसन्धानका क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास सहभागीले व्यक्त गरेको बताए ।

२०७४ फागुन २७ गते प्रकाशित

वि.सं.२०७४ फागुन २७ आइतवार १२:३८ मा प्रकाशित

You can share this post!

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:३५

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज...

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:२९

नारायण ढुङ्गाना काठमाडौँ, २३ वैशाख : अर्थतन्त्रका आन्तरिक तथा बाह्य...

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...