back
NMB ad

‘आर्थिक समृद्धिका लागि उद्यमशीलता जरुरी’

Kumari bank ad

काठमाडौ । मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । आइतबार मिडिया इन्टरनेशनलको स्थापना दिवसको अवसरमा आयोजित समृद्धिको बाटो वृहत आर्थिक कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले कृषि क्षेत्रलाई व्यवसायिक बनाउनुपर्ने बताए । मुलुकमा विद्युत्, सडक लगायतको विकाससँगै राजनीतिक स्थिरता समेत आइसकेकाले अबको बाटो भनेको उद्यमशीलता हुनुपर्ने उनले बताए । भौगोलिक विविधता रहेको नेपालको हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै किसिमका कृषि व्यवसाय रु गरेर मुलुकको आर्थिक विकासमा टेवा पुर्याउन र आफ्नो जीवनस्तर उकास्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले राजनीतिक दलहरुले पनि अब आर्थिक मुद्धा उठाउन थालेको बताए । आर्थिक समृद्धिका लागि मुलुकमा प्रशस्त सम्भावना रहेको भन्दै उनले उक्त सम्भावनालाई विकासमा बदल्नका लागि राज्यले प्राविधिक र वित्तीय सहयोगका साथमा बजारको समेत व्यवस्था गर्नुपर्ने बताए । हरेक व्यक्तिले राष्ट्रिय भाव राखेर उद्यमशीलतामा लाग्नु जरुरी रहेको उनको भनाई थियो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले मुलुकका सबै क्षेत्रको फोकस आर्थिक समृद्धितर्फ हुनुपर्ने र यसका लागि उद्यमशीलताको विकास अत्यावश्यक रहेको उल्लेख गरे । ससाना आर्थिक क्रियाकलापलाई राष्ट्रिय अर्थतन्त्रको मुलधारमा ल्याउनका लागि राज्य आफैँ सक्रिय भएर लाग्नुपर्ने उनले बताए । यसका लागि मुलुकको राष्ट्रिय अर्थनीतिका तीन खम्बाहरु सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त पहल हुनुपर्नेमा उनले जोड दिए ।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेले मुलुकभित्र प्रशस्त सम्भावना हुँदाहुँदै पनि आयात बढिरहेको, निर्यात घटिरहेको, युवा विदेशिएको र खेतबारी बाँझो रहेको भन्दै अब मुलुकको समृद्धिका लागि सरकार र जनता सबै मिलेर लाग्नुपर्ने बताए । मुलुकमा राजनीतिक स्थिरता आइसकेको र विद्युत्, सडक लगायतको विकास द्रुतगतिमा भइरहेको उल्लेख गर्दै उनले अब राष्ट्रियताको भावना बोकेर सबैले आआफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए ।

त्यसैगरी निर्धन उत्थान बैंकका सीईओ जनार्दन देव पन्तले बेरोजगारीका कारण मुलुकमा गरीबी बढेको उल्लेख गर्दै अब स्वरोजगारी सिर्जना गर्ने तथा उद्यमी बन्नेतर्फ लाग्नुपर्ने बताए । कम्तीमा एक घरमा एक जना उद्यमशीलतामा लाग्नु आवश्यक रहेको उनको भनाई थियो । माइक्रोफाइनान्सहरुका कारणले थुप्रै महिला उद्यमी बनेको बताउँदै उनले अब युवाहरुको श्रम, सीप र जाँगरलाई व्यवसायमा रुपान्तरण गर्ने बेला आएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले जोस, जाँगर र आँट भए ठूलो पुँजीविना पनि उद्यमशीलता हासिल गर्न सकिनेमा जोड दिए । प्रविधि, शिक्षा र पुँजीको अभाव भएका व्यक्तिहरुले समेत जोस र जाँगरबाट राम्रो आम्दानी गर्नुका साथै रोजगारी दिनेसम्मको हैसियत बनाएको उदाहरणहरु दिँदै उनले पढेका र बुझेका युवाहरुले चाहेमा मुलुकको आर्थिक समृद्धि टाढा नरहेको बताए ।

कार्यक्रमलाई समापन गर्दै हिमालयन कलेज अफ एग्रिकल्चर एण्ड सोसियल साइन्सेज (हिकाष्ट)का अध्यक्ष विनायक राजभण्डारीले मुलुकको समृद्धिमा युवाहरु जागरुक भएर लाग्नुपर्ने बताए ।

मिडिया इन्टरनेशनलको आयोजना, हिकाष्टको प्रवद्र्धन एवम् राष्ट्रिय व्यापार संघ र युनिक एड्भेन्चर्स प्रालिको सहकार्यमा सम्पन्न कार्यक्रममा लघुवित्तबाट कर्जा लिएर उद्यमी बनेका महिलाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा लघुवित्तबाट कर्जा लिएर उद्यमी बनेका व्यक्तिहरुको सफलताको कथामा अधारित र मिडिया इन्टरनेशनलको सफलतामा आधारित दुई वटा डकुमेन्ट्री पनि देखाइएको थियो ।

२०७४ फागुन २७ गते प्रकाशित

वि.सं.२०७४ फागुन २७ आइतवार २१:०७ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...