back
NMB ad

घटनास्थल पुगे प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली घटनास्थल पुगेका छन् । प्रधानमन्त्री ओलीले प्रभावकारी उद्धारमा खट्न सुरक्षा निकाय लगायत सबैलाई आग्रह गरेका छन् ।

ओलीको साथमा रक्षामन्त्री ईश्वर पोखरेल पनि पुगेका थिए ।
घटनास्थलको अवलोकन पश्चात प्रधानमनत्री ओलीले मुलुकका निम्ति दुःखदायी घटना भएको प्रतिकृया दिएका छन् । उनले तत्कालै उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीबलको प्रशंसा गरे । प्रधानमन्त्री ओलीले घटनाका बारेमा छानविन गर्न उच्चस्तरीय छानविन टोली गठन गरी छिटो भन्दा छिटो सत्यतथ्य बाहिर ल्याइने बपनि बताए । घाइतेको उपचारमा संवेदनशिल भएर लाग्न निर्देशन दिँदै मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

घटना लगत्तै गृहमन्त्री रामबहादुर थापा र उद्योग मन्त्री मात्रिका यादव पनि विमानसथल पुगेर घटनाबारे जानकारी लिएका छन् । दुर्घटना उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विमानस्थल सुरक्षामा खटिएका सुरक्षा कर्मी र मिानस्थल कर्मचारी उद्धारमा खटिएका छन् ।

दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ । अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

२०७४ फागुन २८ गते प्रकाशित

वि.सं.२०७४ फागुन २८ सोमवार १६:०२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...