back
NMB ad

ब्याजदर समस्या समाधानमा राष्ट्र बैङ्कले चाल्यो कदम, रिपो मार्फ २० अर्ब वित्तीय बजारमा

Kumari bank ad

काठमाडो । वित्तिय सन्तुलनको लागि राष्ट्र बैङ्कले रिपो मार्फत २० अर्ब रुपैँया वित्तिय बजारमा पठाउने भएको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तिय क्षेत्रमा रहेको तरलता असहजता अन्त्यको लागि उक्त रकम पठाउन लागेको हो ।

वित्तिय क्षेत्रमा रहेको तरलता समस्याले बैङ्क तथा वित्तिय संस्थाको अन्तर बैङ्क कारोबारको ब्याजदर ५ प्रतिशत नाघेपछी समाधानको लागि राष्ट्र बैङ्कले २० अर्ब रुपैँया पठाउन लागेको हो ।

वित्तीय बजारको तरलता समस्या समाधानका लागि राष्ट्र बैङ्कले तरलता कम भएका बेला रिपो मार्फत पैसा पठाउने र तरलता बढी भएका बेला रिभर्स रिपो मार्फत पैसा फिर्ता गर्ने गर्दछ ।

अन्तर बैङ्क ब्याजदर ५ प्रतिशत भन्दा बढी भएमा नेपाल राष्ट्र बैङ्कले ब्याजदर सम्बन्धी कार्यविधिमा व्यवस्था भएअनुसार रिपो मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ । अहिले वित्तीय प्रणालीमा २२ अर्ब रुपैँया बराबरको तरलता रहेको छ ।

राष्ट्र बैङ्कले ५ प्रतिशत ब्याजदरमा चैत्र १४ गते परिपक्व हुनेगरि आजैबाट उक्त रिपो जारी गर्न लागेको हो । जारी गरिने रिपो दुई साताको लागि भएको राष्ट्र बैङ्कले जनाएको छ ।

२०७४ फागुन ३० गते प्रकाशित ।

वि.सं.२०७४ फागुन ३० बुधवार ०९:३४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...