back
NMB ad

चौधरीको अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छ । मेयर चौधरीलाई अपरिचत समुहले गत सोमबार (फागुन २८ गते) घोडाघोडी मै गोली र खुकरी हानेर सख्त घाइते भएका थिए ।

शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओली सहित नेकपा –एमालेका नेताहरुले चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । चौधरीको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रदिप थापाले प्रधानमन्त्री ओलीलाई जानकारी गराए अनुसार चाौधरीको अवस्था खतरमुक्त छ । प्रधानमन्त्री ओलीले चौधरीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले अस्पतालाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए । ‘उपचार खर्च सरकारले व्योहोर्छ’ प्रधानमन्त्री ओलीले भनेका छन् ‘उहाँको उपचारमा कुनै पनि कसर बँँकी नराखी उपचार गर्नुहोस ।’

प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई बताएका छन् । ‘घटनाको छानविन हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘दोषीले उम्कन पाउँदैनन् । उनीहरुलाई कानुन अनुसार कारबाही हुन्छ ।’

चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहाकार बिष्णु रिमाल, एमाले केन्द्रीय सदस्य डा.राजन भट्टराई समेत अस्पताल पुगेका थिए ।

२०७४ चैत ३ गते प्रकाशित

वि.सं.२०७४ चैत ३ शनिवार २०:५९ मा प्रकाशित

You can share this post!

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...