back
NMB ad

पर्यटन मन्त्री रविन्द्र अधिकारीको पहिलो सार्वजनिक प्रतिबद्धता : नेपालमा पर्यटन विश्वविद्यालय स्थापना

Kumari bank ad

काठमाडौं । नव नियुक्त पर्यटन मन्त्री रविन्द्र अधिकारीले आफ्नो कार्यकालमै पर्यटन विश्वविद्यालय स्थापना गर्न तत्पर रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनद्वारा सनिबार काठमाडौँमा आयोजित संघीय सरकारका नवनियुक्त पर्यटन मन्त्री राविन्द्र अधिकारी र ३ नम्बर प्रदेश सरकारका पर्यटन मन्त्री अरुण नेपालको स्वागत कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री अधिकारीले भने ‘पर्यटन व्यवसायमा राम्रो जनशक्तीको अभाव छ । सीप नहुँदा बेरोजगार बढेको हो ।’
भाषामा पर्यटनको एजेण्डा र विजनेश जोड्नु पर्छ भन्दै मन्त्री अधिकारीले भने मध्यमखालको जनशक्ती उत्पादन गर्नुपर्छ । यसको लागि सिटिइभिटी र नाथमले यो काम ३ महिना भित्रै कोर्स बनाएर काम थालनी गर्न सक्छ ।

सीप भए जहाँ पुगे पनि राम्रो आम्दानी गर्न सक्ने बताउँदै उनले भने ‘पढाउने र सीप क्षमता विकास गर्नेमा लगानी नगर्ने उपलव्धि मात्रै खोज्ने हो भने संसारका कुनै पनि देशले विकास गर्न सक्दैन ।’ रोजगारीले नै मानिसको जीवन समृद्ध बनाउने उनको धारणा थियो ।
मन्त्री अधिकारीले मुलुकको समृद्धि र बलियो अर्थतन्त्रका लागि पुर्वाधार भनिएपनि सीप र क्षमता त्यो भन्दा उन्नत हुने बताए । उनले अब रेमिट्यान्स घट्यो भनेर चिन्ता गर्ने हैन त्यसको कभर पर्यटनले गर्नु पर्छ ।

हेर्नुहोस भिडियो 

 

सोही कार्यक्रममा ३ नम्बर प्रदेश सरकारका पर्यटन मन्त्री अरुण नेपालले समृद्धिको न्यायपुर्ण वितरमा जोड दिइने बताए । उनले पर्यटनलाई जनतासंग जोड्नु पर्ने धारणा राख्दै होमस्टे प्रवद्र्धनमा लगानी गरेर ग्रामीण जनताको आर्यआर्जन बृद्धि गर्ने बताए । प्रदेशमा कानुन नभएकाले अवसर र चुनौति दुवै रहेको उनको धारणा थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्यटन सम्बद्ध संगठनका इञ्चार्ज सूर्य थापाले अव ओठेभक्तिले मात्र समृद्धि हासिल नहुने बताए । उनले गरेर देखाउने बेला आएको बताउँदै यो दुई तिहाई बहुमतको सरकारले १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने संकल्प पुरा गर्ने विश्वास व्यक्त गरे ।

थापाले पर्यटन क्षेत्रमा मीठो कुरा गरेर ठग्नेहरुबाट जोगिन मन्त्रीहरुलाई सुझाव दिए । उनले भने यहाँ ठगहरु पनि छन्, तिनले ल्याएका सबै काम विचार नगरी पुरागरिदिने नगर्नुहोला ।

इञ्चार्ज थापाले पर्यटनमा खास समस्या पर्यटन बसपार्कको अभाव, गाइड विनाको ट्रेकिङ र केही हिमाललाई निशेधित क्षेत्र तोकिएका बताए । उनले सरकारले पर्यटन सवारीका लागि छुट्टै व्यवस्थित बसपार्क, नो ट्रेकिङ विथआउट गाइड तथा पोर्टर र निशेधित क्षेत्र खुलाएर सहजता ल्याउन तत्कालै कदम चाल्न अनुरोध गरे ।

उनले एमालेबाट दशौं पर्यटन मन्त्रीका रुपमा नियुक्त भएका अधिकारीलाई दशकको झल्को दिनेगरी काम गर्न शुभकामना दिए ।


कार्यक्रममा नेकपा एमाले पर्यटन प्रवद्र्धन विभागका सचिव चन्द्रप्रसाद रिजाल, नाट्टाका अध्यक्ष सिएन पाण्डे लयायतले नवनियुक्त मन्त्रीहरुलाई शुभकामना दिए ।

संठनका अध्यक्ष मदन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम संगठनका महासचिव पुर्णबहादुर कुँवरले सञ्चालन गरेका थिए ।

२०७४ चैत ३ गते प्रकाशित

वि.सं.२०७४ चैत ४ आइतवार ०९:२८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...