back
NMB ad

लगानी भित्र्याउन सहज हुने गरी प्रदेश कानुन ल्याउँछौ : मुख्यमन्त्री राई

Kumari bank ad

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा स्थिर सरकार निर्माण भएकाले विदेशी लगानी भित्रिने विश्वास व्यक्त गरेका छन् । लगानी बोर्ड र प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कार्यालयले आज यहाँ गरेको छलफल कार्यक्रममा उहाँले प्रदेश नं १ मा विदेशी तथा स्वदेशी लगानी भित्र्याउन सहज हुने गरी प्रदेश सरकारले ऐन कानून ल्याउन लागेको जानकारी पनि दिए ।

मुख्य मन्त्री राईले प्रदेश नं १ मा स्मार्ट सिटी, केवलकार तथा मोनो रेललगायतका पूर्वाधार बनाउन प्रदेश सरकारले सम्भाव्यता अध्ययन शुरु गरिसकेको बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकार लगानीमैत्री वातावरण बनाई यस क्षेत्रको आर्थिक समृद्धि हासिल गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताए । लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले सरकारले लगानीकर्तालाई सहज हुने गरी योजना बनाउन सुझाव दिएका थिए।

२०७४ चैत ४ गते प्रकाशित

वि.सं.२०७४ चैत ५ सोमवार १६:०८ मा प्रकाशित

You can share this post!

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...