back
NMB ad

पर्यटन मन्त्री अधिकारीको प्राथमिकता : तत्कालै दोश्रो अन्तराष्ट्रिय विमानस्थलको कामलाई गति दिने र आन्तरिक वायुसेवालाई व्यवस्थित गर्ने

Kumari bank ad

बारा । पर्यटन मन्त्री रबिन्द्र अधिकारीले अबको समय भनेकै विकास र समृद्धिको भएको बताएका छन् ।

आपसी सद्भावको पहिचान सिमरालाई नमुना एवंम् व्यापारीक केन्द्र बनाउँने हाम्रो अभियान भन्ने मुल नाराका साथ बाराको सिमरा रंगशालामा शुक्रवारबाट सुरु भएको प्रथम सिमरा औद्योगिक व्यापार मेला, कृषि तथा खेलकुद महोत्सव २०७४ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अब आउँने पाँच वर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने बताएका हुँन् ।

मन्त्री अधिकारीले दुई वर्ष भित्र दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पुर्व तयारीको काम सक्ने र पाँच वर्ष भित्र ५० प्रतिशत काम सक्ने लक्ष्य लिएको बताएका छन् । अधिकारीले आउँने पाँच बर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने बताए ।
बाराको सिमरामा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सो बताए ।

उनले विमानस्थलको पुर्व तयारीको काम दुई बर्ष भित्र शरुहुने त्यसपछि ४ देखि ५ बर्ष भित्र निर्माण सम्पन्न हँुने बताए ।
बर्तमान अवस्थामा राजधानीको विमानस्थलले मात्र थेग्न नसकिरहेको अवस्थाका कारण दोश्रो अन्तराष्ट्रिय स्थरको विमानस्थल अपरीहार्य भएको बताए ।

निजगढ बिमानस्थल निर्माणमा राज्यकै चासो बढेकोले अव काम चाडो थालिले बताउदै मन्त्री अधिकारीले मुअव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय गर्ने बताए । मन्त्री अधिकारीले यो बिमानस्थल २२ देखि २५ मुलुको हवाई हव बन्न सक्ने बताए ।
बिमानस्थल निर्माण भन्दा बढि पुर्ब तयारी असाध्यै समय लाग्ने भएकोले निर्माणमा सुस्तता देखीएकोले अब चाढै देखीने कामहरु हुँने बताए ।

राजधानीमा रहेको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा अत्याधिक चाप भएकाले सरकारले तत्कालै दोश्रो अन्तराष्ट्रिय विमानस्थलको कामलाई गति दिने र आन्तरीक वायुसेवालाई व्यवस्थित गर्ने कार्य प्रार्थमिकतामा रहेको बताए ।

दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा राज्य कै चासो बढेकोले अब काम चाँडो थालिने बताउँदै मन्त्री अधिकारीले मुआव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय गर्ने बताए । दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माण भए २२ देखि २५ मुलुकको हवाई ट्रान्जिट बन्न सक्ने बताए ।

आजै मन्त्री अधिकारी विमानस्थल निर्माण हुने क्षेत्रको निरिक्षण गरी त्यहाँ रहेका बस्तीहरुको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए ।

आज देखि १० दिन सम्म चल्ले यो महोत्सवमा विभिन्न व्यापार लगायत पुरुष तथा महिला फुटबल प्रतियोगिता गराईनुका साथै राष्ट्रिय कलाकारहरुले लोक दोहोरीबाट मनोरंजन गराउँने आयोजकले जनाएको छ ।

मेलामा झण्डै चार सय स्टल रहेका छन्, भने विभिन्न मनोरंजका उपकरणहरु राखिएको छ । दश दिन सम्म लाग्ने यस महोत्सव ५० हजार भन्दा बढी दर्शकले मेला हेर्ने र दुई करोड भन्दा बढीको कारोवार हुँने आयोजकले जनाएको छ ।

कार्यक्रममा सम्बन्धीत सरोकारवाला, जनप्रतिनिधिहरु र स्थानीय अगुवाहरुले आ–आफ्ना धारणा राखेका थिए ।
यसैबिच कार्यक्रम पछि उनी बाराको टाँगियाबस्ती स्थित अन्तराष्ट्रिय विमान स्थलमा गएर अवलोकन गरेका थिए ।

२०७४ चैत ९ गते प्रकाशित 

वि.सं.२०७४ चैत ९ शुक्रवार १९:३७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...