back
NMB ad

मुख्यमन्त्री पौडेलले ठोरी नाकाको अवलोकन गर्दै भने, मुख्य नाका ठोरी नै हुने

Kumari bank ad

चितवन । पर्साको ठोरीवासीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग ठोरीलाई प्रदेश ३ मा गाभ्न अनुरोध गरेका छन् । ठोरी नाकाको स्थलगत अवलोकनका लागि त्यहाँ पुगेका मुख्यमन्त्री पौडेलको स्वागत गर्दै स्थानीयवासीले ठोरीलाई प्रदेश २ बाट प्रदेश ३ मा लैजान भनेका हुन् ।

ठोरी गाउँपालिका १ का वडाध्यक्ष रामशरण कुँवरले ठोरीलाई प्रदेश ३ मा गाभ्न पटकपटक प्रयास गरिएपनि सफल नभएको गुनासो पोखे । उनले मुख्यमन्त्री समक्ष ठोरीका जनता र जनप्रतिनिधिको भावनाको सम्मान हुनुपर्ने बताए ।

ठोरी गाविसका पूर्वअध्यक्ष उद्धव सापकोटाले लोकतन्त्रमा जनताको भावनाको सम्मान हुने भनिएपनि ठोरीका जनताको चाहाना र भावनाको अहिलेसम्म कदर नभएको दुखेसो गरे ।

मुख्यमन्त्री पौडेलले जनताको भावनाको सम्मान राज्यले गर्नुपर्ने भन्दै प्रदेश ३ का लागि पनि एक नाकाको आवश्यकता रहेको बताए । उनले प्रदेश ३ का लागि सबैभन्दा उपयुक्त नाका ठोरी नै हुने भन्दै प्रदेश २ सँग आवश्यक छलफल र सहमतिमा अघि बढ्ने बताए ।

‘प्रदेश आत्मनिर्भर बन्न उचित नाकाको समेत आवश्यकता पर्दछ,’मुख्यमन्त्री पौडेलले भने, ‘सरकारले एक आयोग गठन गरी सीमा हेरफेर गर्नुपर्दछ ।’पटकपटक प्रदेश २ गाभिन पाउनुपर्ने माग गर्दै त्यहाँका स्थानीयले आन्दोलन समेत गर्दै आएका छन् ।

२०७४ चैत १२ गते प्रकाशित

वि.सं.२०७४ चैत १२ सोमवार १८:०० मा प्रकाशित

You can share this post!

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...