back
NMB ad

देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको सहयोग आवस्यक : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ती कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताउनुभएको छ । नेपाल जैन परिषदले आयोजना गरेको श्रमण भगवान महावीरको २६१७ औं जन्म कल्याणक महोत्सवको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“समाजमा शान्ती सुव्यवस्था कायम गर्न हरेक ब्यक्तिको योगदान महत्वपूर्ण हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मानिस मानसिक,आत्मिक रुपमा शान्त भएपछि व्यक्तिले अरुलाई दुःख दिनु हुदैन भन्ने महशुस गर्दछ । जब यस्तो भावनाको विकास गर्न सकिन्छ तब समाजमा शान्ती कायम हुन्छ । ” यस प्रकारको भावनाको विकास नहुँदा सरकारको एकल प्रयासले मात्र समाजमा शान्ती कायम गर्न मुस्किल हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

समाजलाई शान्तीपूर्ण गोरेटोमा हिडाउन महावीर जैनको महत्वपूर्ण भूमिका भएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ ।“२६१७ बर्ष अघि जन्मनु भएका महाबीर जैनको सान्दर्भिकता अझै उस्तै छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मानिसलाई शान्त बनाउन उहाँका उपदेश र उहाँको जीवनचर्याको चर्चा अहिले पनि उतिकै सान्दर्भिक छन् ।”

प्रधानमन्त्री ओलीले जनताको बलले संविधान निर्माण भएकोले अब देश निर्माणमा लाग्नु पर्ने बताउनुभएको छ । “अब सबै जात,धर्म,सम्प्रदायले देशर देशबासीको हित,सुख र समृद्धिमा लाग्नु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ । देश निर्माणकै लागि संघीयता र लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएकोले यसको प्रवद्र्धनमा सबै लाग्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

२०७४ चैत १५ गते प्रकाशित

वि.सं.२०७४ चैत १५ बिहीवार १४:०७ मा प्रकाशित

You can share this post!

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...