back
NMB ad

स्थानीय तह सफल भए मात्र देश सफल हुने : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भए मात्र देश सफल हुने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महसुष गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी तपाईंहरुले काम गर्नुहेस” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसपाली हामीले सरकारका अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेका छौं । यसलाई सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्छ ।”

स्थानीय तहमा युवा र महिला जनप्रतिनिधीको संख्या उल्लेख्य भएकोले धेरै काम हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “अहिले ५१ प्रतिशत उपाधक्ष्य ४० बर्ष भन्दा मुनीका,एक चौथाइ अध्यक्ष ४० बर्ष भन्दा कम उमेर समुहका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “४० प्रतिशत जनप्रतिनिधी त महिला नै छन् । यस्तो बेलामा पनि स्थनीय तहको विकास नभए कहिले होला त ?”

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधीलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशन दिनु भएको छ । भ्रष्टाचार,कुशासन जस्त कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरुलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस ।”

प्रधानमन्त्री ओलीले स्थनीय तहमा भएको कर्मचारीको अभाव चाँडै पुरा गरिने बताउनुभएको छ । सरकारले कर्मचरी समायोजनको काम अघि बढाइ सकेकोले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने प्रधनमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले पूर्वाधार,विद्यतु,वैकल्पिक उर्जा,सञ्चार आदि क्षेत्रको विकासमा लाग्न प्रधानमन्त्री ओलीले जनप्रतिनिधीहरुलाई आग्रह् गर्नुभएको छ ।

२०७४ चैत १७ गते प्रकाशित

वि.सं.२०७४ चैत १७ शनिवार १६:१७ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...