back
NMB ad

सिभिल बैंकको ५९औं शाखा लमजुङको बेसीशहरमा

Kumari bank ad

लमजुङ । सिभिल बैंक लिमिटेडले आफ्नो ५९औं शाखा लमजुङ बेसीशहर, त्रीवेणीटोलमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंककागभर्नर चिरंजीवि नेपालले गर्नुभयो । उक्त शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपाल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ,संविधान सभा सदस्यज मिन्द्रमान घले, बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्याल, राइनास नगरपालिका मेयर सिंहबहादूर थापा, नेपाल राष्ट्र बंैक, गभर्नरको कार्यालयका निर्देशक राजेन्द्र पण्डित लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी,व्यवसायी,गन्यमान् यब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रम प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताउनु हुँदै देशका अति दुर्गम स्थानहरु सम्म बित्तीय पहुँच पु¥याउने सोच अनुरुप मौद्रिक निति बनाईने र त्यस्को कार्यान्वयनमा जोड दिइने कुरा प्रस्ट्याउनु भयो । अहिले पनि नेपालको कूल ४०% जनताले मात्र बैकिंग गर्ने र सो ४०% भित्रको ४२%ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको पनि बताउनुभयो ।

स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर नेपाल राष्ट्र बैंकले ७५३ स्थानीय तहमा बित्तिय पहुँच पु¥याउने नीति अनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको बताउनुभयो । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो ।

सिभिल बैंकले आफ्ना ग्राहक वर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनुभयो ।

सिभिल बैंकको हालसम्म २००,००० भन्दा बढी ग्राहकहरु रहेको रु.३७ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु.३६ अर्व कर्जा लगानी गरेको छ । बैंकले यस अघि लमजुङको भुलभुले, राइनास, मालिङ र गौंडा शाखा संचालनमा ल्याईसकेको छ । लमजुङ बेसीशहर शाखा सहित यस बैंकको लमजुङ जिल्लामा ५ शाखा र कुल शाखा संख्या ५९ पुगेकोे बैंकले जनाएको छ ।

२०७४ चैत १७ गते प्रकाशित

वि.सं.२०७४ चैत १७ शनिवार १७:२४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...