back
NMB ad

१७ वर्षपछि माईती घर फर्किईन् बेचिएकी चेली

Kumari bank ad

कञ्चनपुर । भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताएकी थिईनन् ।

पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बेला नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै वि सं २०५८ मा दलालहरुले अपहरण गरी उनलाई भारत पु¥याएर बेचेका हुन् । “यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, होशमा आउने बित्तिकै नशालु सूई लगाएर बेहोस बनाउँथे,” ताराले भनिन् – “कहाँ लग्दैछ थाहा पाउने कुरै भएन । कार चढेर आउनेसँग एक हातमा पैसा लिन्थे, अर्का हातले मेरो हात सुम्पन्थे । चार पाँच ठाउँमा यसैगरी बेचिएँ ।”

“डेढ वर्षसम्म रोइ नै रहेँ, रोएको कसैले सुनेनन्, नशालु सूईका कारण अहिलेसम्म मेरो दिमागले कति बेला कामै गर्दैन, के बोल्दैछु, कहाँ हिँड्दैछु थाहा हुँदैन” – उनले भनिन् । भारतको पन्जाब प्रान्त हुँदै हरियाणाको कैथल जिल्ला गुलाँ तहसिलका जसकरण सिंहसँग बेचिएपछि उनी सँगै कामीले अहिले घरजम गर्नुभएको गरेकी छिन्। यो दम्पतीको अहिले १५ वर्षको छोरो छ । सिसैया झलारी नेपाल मात्रै नाम थाहा थियो ताराले भनिन् – “छोरोले गुगल म्याप हेर्दै यहाँ ल्याए । यसमा भारतमा काम गर्दै आएका नेपालीको पनि सहयोग छ ।”

“यहाँ आउँला, परिवारजनसँग भेटघाट होला भनेर सपनामा समेत कल्पना गरेको थिइनँ, छोरोको प्रयासले सबै जनासँग भेटन पाएँ,” उनले गहभरि आँशु पार्दै भनिन् – “मलाई यहाँबाट लगेर बेच्नेलाई फाँसी दिनुपर्छ । मैले त हुनसम्म यातना पाएँ । अरूले पाउन नपरोस् ।” नशालु पदार्थ खुवाएर बेहोश बनाउनेलाई भने चिन्न नसकेको उनले बताईन्। उनले भनिन् – “अहिले कुनै दुःख छैन, घर र गाउँमै सल्लाह गरेर माइती भेट्न पुगेकी छु ।” घरजमका लागि आफू बस्दैआएको गाउँमा भारतकै उत्तराखण्डका र नेपाली चेलीलाई आफूलाई जस्तै किनेर घरजम गर्नेहरु धेरै रहेको बताउँछिन् ।

“छोरी अब जीवित छैन भनेर माया मारिसकेका थियौँ,” ताराकी आमा वीरमा कामीले भनिन्– “भेट्न पाएपछि हर्षका आँसु थाम्नै सकिनँ ।” चेलीबेटी बेचबिखनमा संलग्नको खोजी गरी सरकारले कार्वाही गर्नुपर्ने उनीले बताईन्् । “धेरै चेली गाउँबाट हराएका छन्, सबैको अवस्था पत्ता लगाउनुपर्छ,” उनीले भनिन् – “दलालहरुको पहिचान गरी न्याय दिन सक्नुपर्छ ।”

२०७४ चैत २१ गते प्रकाशित

वि.सं.२०७४ चैत २१ बुधवार ०९:४६ मा प्रकाशित

You can share this post!

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

वि.सं.२०८१ जेठ १४ सोमवार ०७:०७

काठमाडौँ :  नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ...

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५९

काठमाडौँ : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को...

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५०

काठमाडौँ : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति...

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:४२

चितवन, १४ जेठ : चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३८

खजुरा (बाँके) :  गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी...

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३१

काठमाडौँ :  नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा...