back
NMB ad

सरकारी सुविधा लिने अभिभावकले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नगरपालिकाको निर्णय

Kumari bank ad

बाजुरा । बडिमालिका नगरपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले यो शैक्षिक सत्रबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो ।

सुविधा सरकारको खाएर निजी क्षेत्रको प्रवद्र्धन गर्न नपाइने भन्दै दोस्रो नगरसभाले यस्तो निर्णय गरेको हो । निर्णयसँगै यसै शैक्षिक सत्रबाट सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधि तथा नगर क्षेत्रभित्र कार्यरत गैरसरकारी संस्थाका कर्मचारीलाई उक्त नियम लागू हुनेछ ।

नगरपालिका क्षेत्रमा २८ सामुदायिक विद्यालय, ३५ बाल विकास केन्द्र, तीन स्वास्थ्य चौकी, जिल्ला अस्पताल, कृषि पशु सेवा लगायतका कार्यालय रहेका छन् । ‘आफू जहाँ आफ्ना त्यहाँ’ कार्यक्रमअन्तर्गत सरकारी सेवाप्रति विश्वास बढाउन उक्त निर्णय गरेको नगर प्रमुख पदम बडुवालले बताए ।

नगरपालिकाले गरेको निर्णय करीब दुई हजारभन्दा बढीमा लागू हुनेछ । नगरपालिकाले सबै विद्यालय र सरकारी कार्यालयमा ई–हाजिर र ई–सेवा विस्तार गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि एक करोड २६ लाख बजेट राखिएकामा नगरपालिकाले पहिलो वर्ष रु २६ लाख बजेट खर्च गर्ने र अन्य निकायलाई बाँकी बजेट व्यवस्थाका लागि अनुरोध गर्ने निर्णय गरेको छ । सरकारी संरचना र सेवाको गुणस्तरका लागि पनि नगरपालिकाले योजनाबद्ध ढंगले काम गर्ने निर्णय गरेको छ ।

२०७४ चैत २१ गते प्रकाशित

वि.सं.२०७४ चैत २१ बुधवार ०९:०६ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ २ बुधवार १७:४६

काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन...