back
NMB ad

जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणमा अंकुश लगाउँदै सरकार

Kumari bank ad

काठमाडौं । सरकारले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको विदेश भ्रमणमा अंकुश लगाएको छ । पछिल्लो समय स्थानीय तहबाट नै निर्णय गरेर विदेश भ्रमणमा जाने क्रम चलिहरेको छ । तर, वैदेशिक भ्रमणका नाममा विकृति देखिएको भन्दै संघीय सरकारसँग अनुमति लिएर मात्रै विदेश भ्रमणमा जान निर्देशन जारी भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरको निर्णय गर्दै स्थानीय तहहरुलाई अब हुने विदेश भ्रमणको मन्त्रालयबाट स्वीकृत गर्न निर्देशन दिएको हो । अब स्थानीय तहका प्रमुख तथा अन्य पदाधिकारी र कर्मचारीले सरकारसँग स्वीकृति लिएर मात्रै विदेश जान पाउनेछन् ।

यसै गरी मन्त्रालयले यसअघि भएका भ्रमणहरुको सबै जानकारी पनि उपलब्ध गराउन स्थानीय तहलाई भनेको छ, जसमा कुन स्रोतबाट विदेश भ्रमण गरिएको हो भन्ने खुलाउनुपर्नेछ ।

विदेश भ्रमणका नाममा स्थानीय तहको स्रोतको दोहन भएको ठहर मन्त्रालयको छ । विभिन्न स्वार्थ समूहले पनि स्थानीय सरकारलाई विदेश भ्रमणका नाममा प्रयोग गरेको र यसले सुशासनमा असर पर्ने देखिएको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

मन्त्रालयले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका तयार गरेर मन्त्रिपरिषदमा पेश गरेको छ । निर्देशिकामा पनि संघीय सरकारको अनुमति लिएर मात्रै स्थानीय तहका अधिकारी विदेश जान पाउने प्रस्ताव गरिएको छ ।

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2018/04/Others-2.pdf” title=”Others (2)”]

२०७४ चैत २१ गते प्रकाशित

वि.सं.२०७४ चैत २१ बुधवार २१:१५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...