back
NMB ad

युएस बंगला विमान दुर्घट्नामा निधन भएकाहरुको आत्माशान्तिको लागि विश्वशान्ति पदयात्रा गरिने

Kumari bank ad

काठमाडौं । युएस बंगला एयर विमान दुर्घट्नामा निधन भएकाहरुको आत्मा शान्तिको लागि विभिन्न बौद्ध धर्मावालम्वी संघ÷संस्थाहरुले विश्व शान्ति पदयात्रा–२०७५ को आयोजना गर्ने भएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी बैशाख १ गते नयाँ वर्षको अवसरमा विश्व शान्तिको कामना गर्दै शान्तिको सन्देश प्रवाह गर्ने भएका हुन ।

नमो बुद्ध घ्याङ् गुठी, महिला बौद्ध समुह काठमाडौं, थाङ्गु याङ्चेन गोङपा, सेचेङ गोङ्गा र बौद्ध दर्शन अध्ययन अध्यापन केन्द्रको संयूक्त आयोजनामा सम्पन्न हुने उक्त ‘विश्व शान्ति पद यात्रा–२०७५’ को संयोजक राज्यलक्ष्मी शाक्यले सात कुण्डको जल बोधिसत्व वृक्षारोपण गरेर कार्यक्रमको शूरुवात गरिने जानकारी दिईन ।

उनले भनिन्,‘केही समय अघि यूएस बंगला एयर विमान दुर्घटनामा परि ज्यान गुमाएका ५१ जना स्वदेशी तथा विदेशी नागरिकको नाममा वोधिसत्व वृक्षारोपण गरिने छ, हेलिकप्टरबाट पुष्पवृष्टि गरिनेछ, उक्त कार्यक्रमले मृतकका आफ्न्तलाई सम्बोधन गर्नेछ, मृतकका आफ्न्तहरुले ति वृक्षहरुमा जल चढाएर आत्मशान्तिका लागि कामना गर्न सक्नु हुनेछ ।’

उनले अघि थपिन्,‘हाम्रो मुलुकमा सरकार नभएको जस्तो, पीडितहरुको लागि कुनै वास्ता छैन्, बंगलादेशमा अध्ययन गरि स्वदेश फर्किने क्रममा दुःखद घटना घट्यो, यस्तो स्थितिमा पनि सरकारले मृतकका आफ्न्तलाई सम्बोधन गर्न सकेको छैन्, डा.पढेका विद्यार्थीहरुको लक्ष्य र लगानीलाई सरकारले बुझ्नुपर्छ ।’ नमोबुद्ध स्तुपा परिसर काभ्रेमा विहान ८ बजेदेखि शूरु हुने कार्यक्रममा उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ ।

२०७४ चैत २५ गते प्रकाशित

वि.सं.२०७४ चैत २५ आइतवार २०:०४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...