back
NMB ad

अवैध रुपमा मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ

Kumari bank ad

राजविराज । नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले अवैध रुपमा मदिरा ओसारपसार गर्ने क्रममा भारतको मधुवनी बस्ने ३१ वर्षीय वीरेन्द्र साह, २५ वर्षीय बैजु मण्डल, २५ वर्षीय सुरेन्द्र यादव, २० वर्षीय मुकेश मण्डल, १८ वर्षीय पवनकुमार यादव र सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बस्ने ४२ वर्षीय पुतौल सिंह भन्ने सन्तोषकुमार सिंहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए ।

भारतीय नम्बरको मोटरसाइकलमा मदिरा राखी भारततर्फ निकासी गरिरहेको अवस्थामा सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ स्थित रामप्रसाद सिंहको घरमा ठूलो परिमाणका विभिन्न ब्राण्डका मदिरा भण्डारण गरिराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका मदिरा करीब रु ६ लाख मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मानिससहित मदिरालाई राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

२०७४ चैत २६ गते प्रकाशित

वि.सं.२०७४ चैत २६ सोमवार १२:२५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...