back
NMB ad

६ करोडको कारोवार गर्दै सम्पन्न भयो गुल्मी महोत्सव

Kumari bank ad

गुल्मी । कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो गुल्मी महोत्सव सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ १६ गतेबाट महोत्सव शुरु भएकोे थियो ।

सदरमुकाम तम्घासमा सम्पन्न महोत्सवमा गुल्मीमा उत्पादित विभिन्न कृषिजन्य सामग्रीलाई मुख्य प्राथमिकता दिँदै ढिकी, जाँतो, कोल घुमाएर चिउरीको घिउ निकाल्ने, उखु पेल्नेलगायत लोप हुन लागेका विभिन्न पुराना सामग्री प्रदर्शनमा राखिएका थिए ।

महोत्सवमा करीब एक लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ भने कूल रु छ करोडभन्दा बढीको कारोबार भएको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

महोत्सवको अवसरमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै गुल्मी जिल्लामा विभिन्न जाति विशेष रहेका खाना परिकार, विभिन्न संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिएको थियो ।

वाणिज्य संघ गुल्मीले प्रत्येक दुई वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगीत, कला, कौशल सीपको संरक्षण सम्वद्र्धन गर्ने, परम्परागत भेषभूषालाई उजागर गर्ने उद्देश्य राखिएको थियो ।

जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा विकास गरी समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए ।

महोत्सवबाट आम्दानी भएको रकममध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ ।

२०७४ चैत २७ गते प्रकाशित

वि.सं.२०७४ चैत २७ मंगलवार १०:३३ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...