back
NMB ad

लुम्बिनी बैंकको ६ लाख कित्ता सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंकको ६ लाख १ हजार ३२५.४७ कित्ता सेयर लिलामी भर्ने वैशाख ९ गते आइतबार अन्तिम दिन हो । लुम्बिनीले वैशाख २ गतेदेखि संस्थापक समूहको ३ लाख ७९ हजार ३३६.४४ कित्ता र सर्वसाधारण समूहको २ लाख २१ हजार ९८९.०३ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

यसअघि बैंकले माघ ११ देखि फागुन २३ गतेसम्म २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । जसमा १८ हजार ७९२ जनाले १४ लाख ७ हजार ५५३ कित्ताका लागि मात्र आवेदन दिएका थिए । बिक्न बाँकी रहेको सेयर लिलामीमा बिक्री खुला गरिएको हो ।

राष्ट्र बैंकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने अभियानमा रहेको यस बैंकको हाल चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्री गरेपछि चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१५ रुपैयाँ हुनेछ ।

बिक्री प्रबन्धक भिबोर क्यापिटल कृष्णगल्ली, ललितपुर र लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, लुम्बिनी विकास बैंकको उपत्यका भित्रका त्रिपुरेश्वर, कान्तिपथ, न्यूरोड, ठमेल तथा उपत्यका बाहिर पोखराको न्यूरोड र महेन्द्रपुल, विराटनगर, वीरगञ्ज र नारायणगढबाट पनि बोलपत्र भर्न मिल्नेछ । यसैगरी, भैरहवा, बुटवल, नेपालगञ्ज, जनकपुर र बनेपा शाखाबाट समेत लिलामी फारम बुझाउन पाइनेछ ।

२०७५ बैशाख ७ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ७ शुक्रवार १७:४५ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...