back
NMB ad

गत साताको भन्दा ३८.४६ प्रतिशतले बढेको यस साताको सेयर कारोबार चार अर्ब नाघ्यो

Kumari bank ad

काठमाडौ । सेयर बजार परिसूचक नेप्सेमा यस साता १०८.१६ अंकको सुधार आउँदा कारोबार रकम गत साताको भन्दा ३८.४६ प्रतिशतले बढेको छ । गत साता दुई अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएकोमा यस साता चार अर्ब आठ करोड ८७ लाख ५७ हजार रुपैयाँको कारोबार भएको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको ८८ लाख ५९ हजार ४१० कित्ता खरिद विक्री भएको छ । गत साता गत साता १८३ कम्पनीहरुको ८१ लाख ९८ हजार ९०० कित्ता सेयर कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिन आइतबारको तुलनामा १०८.१६ अंकले बढेर अन्तिम दिन विहीबार १३८८.३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २१.०५ अंकले बढेर २९४.०३ अंकमा बढेको छ ।

यस साता कारोबारको आधारमा लगानीकर्ताको रोजाइमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । कम्पनीको १२ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । त्यसैगरि कुमारी बैंकको ११ करोड, युनाइटेड इन्स्योरेन्स कम्पनीको १० करोड एक लाख, चिलिमे हाइड्रोपावर कम्पनीको ९ करोड ८९ लाख तथा नेपाल बैंकको ९ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

नियमित कारोबारका लागि पाँच दिन खुला रहेको नेपाल स्टक एक्सचेञ्जमा यस साता संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।कारोबार भएको सेयर संख्याको आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रह्यो । बैंकको चार लाख २४ हजार कित्ता सेयर खरिदविक्री भएको छ भने कारोबार संख्याको आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी एक हजार ७९७ कारोबार गर्दे अग्रस्थानमा परेको छ ।

२०७५ बैशाख ८ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ८ शनिवार १९:२८ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...