back
NMB ad

सेञ्चुरी बैंकले यसरी गर्यो दोब्बर नाफा

Kumari bank ad

काठमाडौं । चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा सेञ्चुरी बैंक को खुद नाफा दोब्बर बढेको छ । साना कम्पनीलाई आफुमा विलय गराएको बैंकले गत बर्ष ३१ करोड ९ लाख खुद नाफा कमाएकोमा अहिले ६३ करोड खुद नाफा आर्जन गरेको हो ।

अल्पाइन डेभलपमेन्ट बैंक, सगरमाथा र सेती फाइनान्स प्राप्ती गरेको बैंकको खुद नाफा बढ्नुलाई प्राप्ती गरेका बैंकहरुको सकारात्मक असर रुपमा लिन सकिन्छ । जुन धेरै हकप्रद जारी गर्ने बैंकहरूमा देखिन्न ।

बैंकले ५२ अर्ब ७३ करोड निक्षेप संकलन तथा ६५ करोड ७ लाख कर्जा प्रवाह गरेको देखिन्छ । कर्जा १९ अर्ब ९५ करोड र निक्षेप १९ अर्ब ५८ करोडले बढाएको हो । यस अवधिमा बैंकको कर्जा प्रवाह निक्षेप संकलन र कर्जा परिचालन उल्लेख्य रुपमा बढ्दा चर्को व्याज खर्चका बाबजुत पनि बैंकले गत बर्ष आर्जन गरेको ७७ करोड खुद ब्याज आम्दानीलाई बढाएर एक अर्ब २२ करोड पुर्याएको छ ।

समीक्षा अवधिमा बैंकले ३ अर्ब ६८ करोडको चुक्ता पूँजीलाई विकास बैंक र फाइनान्स कम्पनी प्राप्तीबाट आठ अर्ब ६ करोड पुर्याएको छ । चुक्ता पूँजी वृद्धिको अनुपातमा नाफा पनि वृद्धि गर्दा बैंकको प्रतिसेयर आम्दानीमा भने सन्तुलनमा नै देखिन्छ । बैंकको प्रतिसेयर आम्दानी बार्षिक १० रुपैयाँ ४२ पैसा छ । गत बर्ष ११ रुपैयाँ २४ पैसा रहेको थियो ।

बैंकको कर्मचारी र अन्य सञ्चालन खर्च १० करोडले मात्र बढेको देखिन्छ जुन स्वभाविक नै मान्नुपर्छ । गत बर्ष बराबर एक करोड १८ लाख कर्जा नोक्सानी व्यवस्था गरेको बैंकले कर्जा असुली बढाएर एक करोड ३२ लाख गरेको छ ।

वि.सं.२०७५ वैशाख ११ मंगलवार ०९:२८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...