back
NMB ad

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल नियुक्त, को हुन् कँडेल ?

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बिहान बसेको बैठकले कँडेललाई नियुक्त गरेको हो ।

नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष कँडेल अर्थविद् हुन् । आयोगमा कँडेल सहित सात जना सदस्य रहने प्रावधान छ ।

सदस्यहरुमा मिनबहादुर शाही, उषा झा, दिलबहादुर गुरुङ, शुसिला भट्ट, कृष्णप्रसाद ओली र रामकुमार फुयाल नियुक्त भएका छन् ।

को हुन कँडेल

स्थायी समितिमा रहेका नेताहरु मध्ये डा. पुष्प कँडेल मात्र यस अघि कुनै पनि सार्वजनिक नियुक्ति नलिएका नेता हुन् । कँडेल २०४९ सालमा पहिलोपटक पार्टीको आन्तरिक लेखा प्रणालीलाई व्यवस्थित गर्न बनेको केन्द्रीय लेखा आयोगमा सदस्य भए यता निरन्तर पार्टीको केन्द्रीय तहमा जिम्मेवारी संहाल्दै आएका छन् ।

लेखा आयोगमा दुई कार्यकाल सदस्य एक कार्यकाल सचिव र पार्टीको आठौं र नवौं महाधिवेशनबाट दुई कार्यकाल निर्वाचित अध्यक्ष र स्थायी समितिमा आमन्त्रित सदस्य छन् ।

पार्टीको ८ औं राष्ट्रिय महाधिवेशन (बुटवल महाधिवेशन) मा संघीयताको विपक्षमा फरक मत दर्ज गरेर चर्चामा आएका कँडेल केपी ओलीको टीमका थिंकट्यांक हुन् । पार्टीमा नरम स्वभाव र सतहमा देखिनेगरी गुटबन्दीमा नलाग्ने उनी बुटवल माधिवेशन देखि ओलीको खास टीममा रहँदै आएका छन् ।

त्रिविमा व्यवस्थापन संकायका प्राध्यापक उनी ३२ वर्ष प्राध्यापन सेवा गरेका अनुभवी र बौद्धिक नेता हुन् । कर प्रशासनमा विद्यावारिधी गरेका अर्थविद् कँडेल आर्थिक विश्लेषक हुन् । कँडेलले १३ वटा पुस्तक लेखिसकेका छन् ।

धादिङ मलेखुमा जन्मिएका कँडेल विद्यार्थी राजनीति, सम्पर्क मञ्चको संस्थापक हुँदै पार्टी केन्द्रीय कमिटीमा प्रवेश गर्दा नै पार्टीको हिसाव किताव चुस्त राख्नको निम्ति पाँचौं महाधिवेशन पश्चात मदन भण्डारीको प्रस्तावमा २०४९ मा केन्द्रीय लेखा आयोगको सदस्य भएका थिए ।

पार्टी नेतृत्वमा रहेका अर्थविद् कँडेल निष्कलंक, निर्विवादित र परिक्षण नभएका कारण यस पटक पार्टी नेतृत्व र आम कार्यकर्ताले डा. कँडेलको नियुक्तिलाई चासोका साथ हेरेका थिए । कँडेलको नियुक्तसंगै नेकपा एमालेका नेता कार्यकर्ता उपयुक्त स्थानका लागि उपयुक्त पात्र भन्दै उत्साहित भएका छन् ।

२०७५ बैशाख ११ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ११ मंगलवार १३:०३ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...