back
NMB ad

राष्ट्रिय योजना आयोगका नव नियुक्त उपाध्यक्ष कडेलसहित पदाधिकारीद्वारा सपथ तथा पदभार ग्रहण

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका नव नियुक्त उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।

बिहिबार प्रधानमन्त्री कार्यालयमा आयोजित स्वागत तथा सपथ ग्रहण कार्यक्रममा आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री समक्ष सपथ ग्रहण गरेलगत्तै प्रधानमन्त्रीको उपस्थितिमा आयोगका नवनियुक्त पाँच जना सदस्यलाई पद तथा गोेपनियताको सपथ ग्रहण गराउनु भएको छ । सदस्यहरु कृष्णप्रसाद ओली, मीनबहादुर शाही, दिलबहादुर गुरुङ, रामकुमार फुयाल र शुशिल भट्टलाई उपाध्यक्ष कडेलले सपथ ग्रहण गराउनु भएको हो ।

मुलुक बाहिर रहेकाले सदस्य उषा झा सपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्नु भएको आयोगका अधिकारीले जानकारी दिए । लामो समयदेखि खाली रहेको आयोगमा मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पदाधिकारी नियुक्त गरेको थियो ।

सपथ ग्रहण पश्चात उपाध्यक्ष कडेल सहित सदस्यहरुलाई राष्ट्रिय योजना आयोगमा स्वागत गरिएको थियो । पदाधिकारीहरुको पदभार ग्रहणसंगै बसेको पहिलो बैठकले पहलो निर्णय राष्ट्रिय योजना आयोगमा नियुक्त गरेर जिम्मेवारी सुम्पेकोमा नेपाल सरकार, मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

पदभार ग्रहण पश्चात पत्रकारलाई संक्षिप्त प्रतिकृया दिँदै उपाध्यक्ष कडेलले नेपाल सरकारको निर्देशन, संविधानले निर्दिष्ट गरेका प्रावधान र अन्तर्राष्ट्रिय प्रतिवद्धताको कार्यान्वय गर्दै अगाडी बढ्ने बताउनु भयो ।

हेर्नुहोस थप तस्विर 

२०७५ बैशाख १३ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १३ बिहीवार १९:५० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...