back
NMB ad

अब फेसबुक बाटै डेटिङ गर्न पाईने

Kumari bank ad

एजेन्सी । अहिलेसम्म फेसबुकमार्फत साथी भाई र इष्टमित्र बनाउँदै आएका यसका उपभोक्ताले अब डेटिङ पनि फेसबुक बाट गर्न सक्ने भएका छन् । फेसबुकका प्रमुख कार्यकारी तथा यसका जन्मदाता मार्क जकरबर्गले मंगलवार यो घोषणा गरेका हुन् ।एफ एट डेभलपर्स कन्फरेन्समा मुख्य वक्ताको रुपमा बोल्दै जकरबर्गले अब फेसबुकमा उपभोक्तालाई डेटिङ साइट उपलब्ध गराउने कुरा बताएका हुन् ।

तर यस्तो डेटिङ साईटमा छिर्ने व्यक्तिको विवरण भने फेसबुकको विवरणबाट नतानिने र फेसबुकका साथीहरू एक अर्कासँग डेटिङ साईटमा भेट्न नसक्ने व्यवस्था मिलाइने कुरा पनि जकरबर्गले बताएका छन् । डेटिङको प्रावधान फेसबुकको एपमा रहनेछ । कसैले चाहेमा आफ्नो डेटिङ आईडी बनाएर आफूले चाहेको लिङ्ग, उमेर, पेसाको साथी खोज्नसक्ने र सम्बन्ध बनाउन सक्नेछ । फेसबुकमा डेटिङ गरिएको साथीको इमेल छुट्टै इनबक्समा आउने र यसमा टेक्स्ट (अक्षर) बाहेक फोटो, भिडियो, मल्टिमिडिया नआउने पनि फेसबुकले जनाएको छ ।

अहिले प्रचलित यस्तो डेटिङ एपमा टिण्डर, ओकेक्युपिड, बम्बल आदी छन् । फेसबुकको घोषणासँगै हालको सबैभन्दा प्रचलित टिण्डर साईटको सेयर मूल्य घटेको पनि विभिन्न समाचार माध्यमले जनाएका छन् । टिण्डर जस्तो डेटिङ साईट मुख्यतः युवा युवतीबीच सम्बन्ध बढाउनका लागि तथा महिला र पुरुषकाबीच गोप्य सम्बन्ध बनाउन प्रयोग हुन्छ । धेरै यस्ता डेटिङ साईटले फेसबुकको प्रोफाईलको माध्यमबाट एक अर्काको मनमिल्ने साथीहरू खोज्ने गरेका छन् । बीबीसीसँगको एक अन्तर्वार्तामा फेसबुकका एक अधिकारीले फेसबुकको प्रयोजन अहिले जत्ति छ त्यो भन्दा अब अघि बढ्दैन भन्ने सोच भएको बेला बिल्कुलै नयाँ सेवा ल्याएको हो ।

फेसबुकले कुनै पनि एक उपयोगकर्ताको फेसबुकको प्रोफाईल अर्को कसैलाई नदेखाउने भएता पनि एक अर्कालाई मिलाउन भने फेसबुकको इन्जिनले प्रयोगकर्ताको सूचनालाई प्रयोग गर्ने आशंका गरिएको छ । फेसबुकमा अहिले २ अर्ब प्रयोगकर्ता भएको कारण पनि डेटिङ साईट अत्यन्त लोकप्रिय हुने देखिएको छ । तर, फेसबुकमा डेटिङ पोर्टल आउन समय लाग्ने बताइएको छ । यो वर्षको अन्त्यमा मात्र फेसबुकले डेटिङको यो एपको परीक्षण गर्ने बताइएका छन् ।

२०७५ बैशाख १९ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १९ बुधवार १४:५१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...