back
NMB ad

गुणस्तरीय शिक्षाको लागि शिक्षकको सेवा सुविधा रोक्का

Kumari bank ad

नवलपरासी । पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा सुविधा समेत रोक्का गर्ने रणनीति बनाएको छ । यस वर्ष कक्षा ८ को परीक्षामा शून्य दशमलब ४ प्रतिशत मात्र विद्यार्थी उत्र्तीण भएपछि शिक्षा क्षेत्रको सुधारका लागि यस्तो रणनीति बनाएको गाउँपालिकाले जनाएको छ ।

शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले उचित रणनीति अघि बढाएर शैक्षिक गुणस्तरीयता प्रदान गर्न नसक्ने शिक्षकको हकमा पाउँदै आएको सेवा सुविधासमेत रोक्का गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीले जानकारी दिए । वास्तविक नतिजा अनुसार तीन सय १५ जना विद्यार्थीमध्ये कक्षा ८ मा यसबर्ष चारजना मात्र विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष बस्ताकोटीले जानकारी दिए ।

गुणस्तरीय शिक्षाका लागि विद्यालय गाभिएदेखि काम अघि बढाएको छु अध्यक्ष बस्ताकोटीले भने, “ शिक्षक शिक्षिकाका सेवा सुविधासम्म रोक्का गरेर भए पनि आउँदो वर्ष शिक्षाको नतिजामा निकै सुधार ल्याउन अब गाउँपालिका अगाडि बढ्छ ” गाउँपालिकाले पूर्वी नवलपरासी जिल्लाको पहाडी क्षेत्रको अति विकट स्थानीय तह मानिने बुलिङ्टार गाउँपालिकाको शिक्षा गुणस्तर सुधारका लागि विशेष कार्ययोजना अघि बढाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताए ।

यस प्रकारको खस्किँदो नतिजाले गाउँपालिकाको बेइज्जत भएकाले गुणस्तरीय शिक्षाका लागि काममा ठगी गर्ने शिक्षकको सेवा सुविधासमेत रोक्का गर्ने अध्यक्ष बस्ताकोटीले जानकारी दिए । यस बुलिङ्टार गाउँपालिकामा हाल एक उच्च माविसहित ४४ वटा प्रावि र निमावि रहेका छन् ।

२०७५ बैशाख २० गते प्रकाशित

वि.सं.२०७५ वैशाख २० बिहीवार १६:१५ मा प्रकाशित

You can share this post!

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...