back
NMB ad

मेगा बैंकको नाम रहने गरी मेघा बैंक र टुरिजम बैंक हुने भयो मर्ज

Kumari bank ad

काठमाडौं । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको वैशाख ३० गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । २ बैंक एक आपसमा मर्ज हुन लागेका हुन् । मर्जपछि मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । नेपाल राष्ट्र बैंकले वैशाख ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख १२ गते एकीकृत कारोबार गर्न दुवै बैंकलाई अन्तिम स्वीकृति दिइसकेका छन् ।

मर्जपछि टुरिजम डेभलपमेन्ट बैंकको सम्पूर्ण सम्पत्ति र दायित्व अब मेगा बैंकले सकार्नेछ । यसअघि सम्पन्न दुवै बैंकको साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंकको प्रतिसेयर १०० सेयर बराबर मेगाको ९५ कित्ता कायम हुने गरी सेयर स्वाप अनुपात कायम गरिसकेको छ । अब टुरिजमको १ कित्ता सेयर हुनेले मेगाको ०.९५ कित्ता सेयर पाउनेछन् ।

एकीकृत कारोबार लागि बैशाख २८ गते दुबै बैंकले प्रदान गर्ने अतिरिक्त बैंकिङ सेवा तथा २९ गते प्रदान गरिने सार्वजनिक बिदाको काउन्टर सेवा बन्द हुने जनाएका छन् । त्यस्तै टुरिजम्को २८ गतेको नियमित कारोबार पश्चात ३० गतेसम्म एटिएम सेवा पनि बन्द हुने भएको छ ।

टुरिजम बैंकका ग्राहकले आफूसँग रहेको चेक तथा एटिएम कार्ड मेगा बैंकको नाममा प्रतिस्थापन गर्न सक्नेछन् । तर, प्रतिस्थापन नगरेसम्म भने साविकको चेक स्वीकार गरिने मेगा बैंकले जनाएको छ ।

२०७५ बैशाख २१ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २१ शुक्रवार १३:१० मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...