back
NMB ad

बैशाख महिनाभित्र ११ नयाँ शाखा खोल्दै मेगा बैंक

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम मेगा बैंकले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो । यसैक्रममा पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबार नयाँ शाखा खुलिसकेको छ ।

शाखा विस्तार हुन लागेकोमा बर्दियाको गेरुवा गाउँपालिका, इलामको रोङ, उयदपुरको रौतमाई गाउँपालिका, धनुषाको लक्ष्मीनिया गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र गोरखाको भीमसेन गाउँपालिका रहेका छन् । यस्तै, तनहुँको भानु नगरपालिका र स्याङ्जाको भीरकोट नगरपालिकामा पनि मेगा बैंकको शाखा विस्तार हुँदैछ ।

‘हामीले पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबारमा शाखा खोल्यौं, यही साता अन्य ९ ठाउँमा पनि शाखा खोल्न लागेका छौँ,’ मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले भन्नुभयो– ‘मेगाले शाखा विस्तार गर्न लागेको ठाउँमा अहिलेसम्म ‘क’ बर्गको बाणिज्य बैंक पुगेका छैनन् । घरदैलोमै राष्ट्रियस्तरको बैंकको सुविधा पाउने आशमा सर्वसाधारणहरु उत्साहित देखिएका छन् ।’

स्थापनाकालदेखि नै आर्थिक समावेशितालाई मुख्य प्राथमिकता दिँदै आएकाले बैंकिङ पहुँचमा नपुगेका नेपालीहरुलाई सेवा प्रवाह गर्न मेगा बैंक तल्लीन रहेको सिइओ खुञ्जेलीले बताउनुभयो । योसँगै मेगा बैंकका ३ वटा एक्टेन्शन काउन्टरसहित ४९ वटा शाखा पुगेको छ । मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।

२०७५ बैशाख २४ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २४ सोमवार १६:३१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...