back
NMB ad

साउनदेखि मजदुरको तलब १५ हजार, ब्लडमनी कुरिरहेकालाई सीडमनी

Kumari bank ad

काठमाडौं । श्रम मन्त्री गोकर्ण विष्टले नेपालमा कार्यरत श्रमिकहरुको मासिक तलब बढाउने गृहकार्य थालेका छन् । हाल ९ हजार ७ सय रुपैयाँ न्यूनतम पारिश्रमिक लिइरहेका श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ पुर्‍याउने श्रम मन्त्रालयको तयारी छ ।

साथै श्रमिकमाथिको शोषणलाई अन्त्य गर्न बैंकमार्फत अनिवार्य भुक्तानीको व्यवस्था गर्न पनि मन्त्री विष्टले गृहकार्य थालेका छन् । यसका लागि श्रम नियमावली संशोधनको तयारी भइरहेको छ । सरकारले साउन १ गतेदेखि मजदुरको नयाँ न्युनतम् पारिश्रमिक तोकेर लागू गराउन गृहकार्य गरिरहेको मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीले बताए । यसका लागि ऐनले गरेको व्यवस्था बमोजिम न्युनतम् पारिश्रमिक निर्धारण समिति गठनको तयारी भइरहेको छ ।

सरकारले अब मजदुरको न्युनतम् तलव १५ हजारभन्दा माथि लैजाने योजना बनाएको छ । तर, समितिले गर्ने सिफारिसका आधारमा मन्त्रालयले त्यसको अन्तिम निर्णय लिनेछ ।

ट्रेड युनियनहरुले पनि अहिले ९ हजार ७ सय रुपैयाँ रहेको न्यूनतम तलवले श्रमिक बाँच्न सक्ने अवस्था नरहेकाले १५ हजारभन्दा बढी बनाउन माग गरिरहेका छन् । यसपटक घरेलु कामदारको पनि तलब तोक्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

निजी विद्यालय, अस्पताल, बैंक तथा वित्तीय संस्था र केही प्राइभेट ब्यापारिक र्फममा काम गर्ने कामदारहरु अत्यन्तै कम पारिश्रमिकबाट पीडित हुनुपर्ने अवस्था देखिएपछि सरकारले बैंकमार्फत भुक्तानीको व्यवस्था गर्न लागेको हो ।

अहिले सेक्युरिटी लगायतमा आउट सोर्सिङ गर्दा कामदारको प्रत्येक महिनाको तलबको आधा हिस्सा कटाएर कम्पनीले राख्ने गरेको छ । यस्तो शोषणलाई अन्त्य गर्न पनि यसले भूमिका खेल्ने छ ।

श्रम तथा रोजगार मन्त्रालयले तोकिएको सम्झौताबमोजिम पनि कामदारलाई पारिश्रमिक नदिने रोजगारदाताहरुलाई कस्न अनिवार्य बैंकिङकोे व्यवस्था गर्न लागिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । यस्तो भएमा न्युनतम पारिश्रमिक लागू हुने र कागजमा मात्रै धेरै तलब देखाउने तर, नदिने प्रवृत्ति अन्त्य हुने विश्वास सरकारको छ ।

यो व्यवस्थापछि कम्पनी तथा फर्महरु नवीकरण गर्दा बैंकमार्फत दिएको कर्मचारीको तलव विवरण बुझाउनुपर्नेछ । यदि न्युनतम् पारिश्रमिक लागू नगर्नेहरुलाई सरकारले श्रम अडिटमार्फत कारवाही पनि गर्न सक्नेछ ।

ब्लडमनी कुरिरहेकालाई ‘सीडमनी’

यसैवीच अहिले ब्लड मनी बुझाउन नसकेर विदेशका जेलमा अलपत्र परेका कामदारका लागि ‘सीड मनी’ व्यवस्था गर्ने गृहकार्यमा मन्त्री विष्ट जुटेका छन् । विदेशको जेलमा रहेका कतिपयको हकमा एक करोड रुपैयाँभन्दा बढी ब्लडमनी तिरेर रिहा हुनुपर्ने अवस्था छ । यसैलाई ध्यानमा राखेर श्रममन्त्री विष्टले वैदेशिक रोजगार कल्याणकारी कोषबाट त्यस्ता पीडितका परिवारलाई ‘सीड मनी’ का रुपमा रकम उपलब्ध गराउने योजना बनाएका छन् ।

कोषबाट ठूलो रकम खर्च गर्दा अन्य पीडितलाई रकम दिन नसकिने अवस्था हुने भएकाले केही रकम ब्लड मनी संकलन अभियानमा ‘सीड मनी’का रुपमा राख्न छुट्टै निर्देशिका तयार गरिँदैछ । यसले पीडित परिवारलाई ब्लड मनी संकलनमा सहयोग पुग्ने र परिवारलाई पहल गर्न पनि सहज हुने अपेक्षा मन्त्रालयको छ ।

अनलाईनखबर
२०७५ बैशाख २६ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २६ बुधवार १२:१६ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...