back
NMB ad

नेपाली रेल प्राविधिकहरुलाई चीनमा रेलको तालिम दिन सुरु

Kumari bank ad

काठमाडौं । चीनले नेपाली रेल प्राविधिकहरुलाई चीनमा तालिम दिन सुरु गरेको छ । रेल विभागमार्फत १२ जना इन्जिनियरको टोली अहिले चीनमा तालिम लिँदैछ । एक हप्ताअघि चीन गएको सो टोली अझै दुई हप्तासम्म चीनमै रहनेछ । रेल्वे विभागमा बरिष्ट इन्जिनियर प्रकाशभक्त उपाध्यायकाअनुसार यो टोलीले चीनको रेल्वे विज्ञसँग सैद्दान्तिक, ब्यवहारिक कक्षासँगै स्थलगत अध्ययन गर्दैछ । नेपाल चीन रेलमार्ग बनाउन प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भइसकेको छ ।

काठमाडौं केरुङ रेलमार्ग निर्माणका लागि चीनले कम्पनी नै नियुक्त गरेर अध्ययन थालेको छ । नेपाली प्राविधिकसँग ५३ किलोमिटर लामो जनकपुर जयनगर ‘न्यारो गेज’बाहेक अन्य आधुनिक रेलमार्ग सञ्चालनको अनुभव र दक्षता छैन । त्यसैकारण चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसन ९एनआरए० ले रेल्वे विभागलाई प्राविधिक तालिमका अफर गरेको थियो । विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार तीन चरणको तालिमका लागि सहमति भएको छ ।

आधारभूतसहित आधुनिक प्रविधिका सबै पाटोबारे नेपाली इन्जिनियरहरुले तालिम पाउने आचार्यको भनाइ छ । बरिष्ठ इन्जिनियर उपाध्याय अब नेपाली इन्जिनियरलाई चीनले लगातार आवश्यक तालिमहरु दिने बताउँछन् । चीनले केरुङ(काठमाडौं, काठमाडौं(पोखरा र काठमाडौं(लुम्बिनी रेलमार्ग निर्माण गर्न चासो दिएको छ । नेपाली इन्जिनियरहरु रेलका प्राविधिक पाटोमा अभ्यस्त छैनन् । त्यसैले यो तालिम हाम्रा लागि महत्वपूर्ण हुने रेलमार्ग अगाडि बढाउन सहज पनि हुने विश्वास विभागको छ । अनलाईनखबर

२०७५ जेठ ६ गते प्रकाशित

वि.सं.२०७५ जेठ ६ आइतवार १५:४६ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...