काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रवन्धक श्री पवन थापा र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक श्री बाबु काजी कार्कीले हस्ताक्षर गर्नुभयो ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमा सम्म ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।
साथै सोही अवसरमा श्री थापाले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग IGI औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्नुभयो ।
२०७५ जेठ १३ गते प्रकाशित
वि.सं.२०७५ जेठ १३ आइतवार १३:०४ मा प्रकाशित